आजको व्यस्त जीवाशैलीमा थोरै भन्दा थोरै मानिस मात्र दिउसो केहि समय सुत्ने गर्छन्। दिउसो सुत्ने मानिसलाई हामी अल्छी, लापरवाही जस्ता नाम दिन्छौं। तर के तपाईंलाई थाहा छ कि दिउसो केहि समयको लागि निदाउनु निकै लाभदायक हुन्छ।
मस्तिष्कको लागि फाइदाजनक
तपाईं यो जानेर चकित हुनुहुनेछ कि यदि तपाईं दिनमा थोरै समय मात्र सुत्नु भयो भनेपनि तपाईंको शरीर ऊर्जाले पूर्ण हुन्छ र तपाईंको दिमागको स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
शारीरिक कार्य गर्नको लागि उर्जा
सायद तपाईंले याद गर्नुभएको होला जब तपाईं दिउसो केहि निदाएर उठ्दा फरक उर्जा महसुस गर्नुहुन्छ। यसले तपाइँको शरीरलाई चार्ज गर्छ। तपाईंलाई जिम जानु छ, केहि काम गर्नु छ वा घरमा व्यायाम गर्नु छ भने दिउसो थोरै समय न्याप लिने उपाय वश्य अपनाउनुहोस्।
कम खान मन लाग्छ
दिउँसो केहि समय सुतेर उठ्दा तपाईलाई धेरै खान मन लाग्दैन। डाइटिंग गरिरहेका व्यक्तिहरूले यो टिप अपनाउनु लाभदायक हुन्छ।
तनाब कम गर्छ
यदि तपाईं तनाव र चिन्ता कम गर्न चाहानुहुन्छ भने, दिनको केही समय आराम गर्नुपर्छ। दिनमा सुत्दा तपाईंको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ।
स्वस्थ हृदय
विज्ञहरुका अनुसार पनि हप्तामा २ देखि ३ दिन दिउसो आधा घण्टा सुत्दा तपाईंको हृदय स्वस्थ रहन्छ।