“बाबुरामले पछाडीबाट प्रहार गरे, गंगा चौधरीलाई प्रयोग गरेर मलाई सिध्याए”

काठमाडौँ – पूर्वसांसद सरिता गिरीले आफ्नो सांसद पद खोस्न जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीले सुनियोजित षडयन्त्र रचेको आरोप लगाएकी छन्।

सोमबार लगातार ट्वीट गर्दै गिरीले आफ्नो सांसद सदस्यता समाप्त गर्न भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरिएको आरोप लगाएकी हुन्। नेकपा सांसद गंगा चौधरी पहिला नयाँ शक्तिको तर्फबाट सांसद रहेको र सोहि कारण भट्टराईले चौधरीलाई प्रयोग गरेको भन्ने गिरीको आरोप छ।

यस्तो आरोप लगाइरहँदा उनले अन्य व्यक्तिलाई सांसद पदमा ल्याउनको लागि त्यस्तो सुनियोजित षडयन्त्र रचिएको हल्ला चलिरहेको भनेर उल्लेख गरेकी छन्।

“नेकपाको सांसद हुनुभन्दा अगाडी सांसद गंगा चौधरी नयाँ शक्ति पार्टीकी सदस्य थिइन। सुनियोजित षडयन्त्र अनुसार मेरो सांसद सदस्यता समाप्त गर्न पूर्वप्रधानमन्त्रीले भट्टराईले सांसद गंगा चौधरी लाई प्रयोग गरे । अरु कसै लाई ल्याउन अन्य लाभ भएका कुराहरुको चर्चा पनि पार्टी र बजारमा व्याप्त छ”,गिरीले ट्वीटरमा लेखेकी छन्।

कालापानी-लिपुलेक लगायतका भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गर्दा विरोधमा उत्रिएपछि गिरीको सांसद पद गएको थियो। जसपश्चात उनी सर्वोच्चको शरणमा पुगेकी थिइन्। तर, सर्वोच्चमा पनि उनको पक्षमा फैसला भएन। सर्वोच्चमा आफ्नो पक्षमा फैसला नभएको विषयलाई उनी भट्टराईले प्रमुख न्यायाधीशलाई दिएको महाभियोगको घम्कीको उपज हो भन्छिन्।

“अदालत लाई वशमा लिनका लागि मुद्दाको सुनवाई हुनु भन्दा ठीक एक दिन अघि प्रमुख न्यायाधीश लाई महाभियोग लगाउने धम्की दिए।”,ट्वीटरमा उनले लेखेकी छन्।

अरुले भट्टराई बौद्धिक मान्ने गरेको भएपनि आफू भने नमान्ने उनको भनाई छ। सन् १९१६ मा भएको सुगौली सन्धि र नयाँ नक्सा बारे आफूले उठाएको उठाएको कुरालाई पार्टीमा छलफलको विषय नबनाइएको प्रति उनको दुखेसो छ।

“उनीलाई मानिस बौद्धिक भन्छन्। तर, म मानिन। किन भने – उनी बौद्धिक भइदिएको भए १८१६ को सुगोली सन्धि र नयाँ नक्शाबारे मैले बोलेका कुराहरुलाई पार्टीमा छलफलका लागि लाग्थे।”,गिरी लेख्छिन्,”संसदीय दलको बैठकमा मैले बोलेका कुराहरु चुपचाप सुने। कुनै प्रतिक्रिया दिएनन्। संसदीयदलको बैठकमा पनि विषयलाई बहसमा लगेनन्। षडयन्त्रको मगज भएका ता-नाशाहहरु पारदर्शी र खुला राजनीति गर्न सक्दैनन्। उनीहरु पछाडीबाट मात्र प्र-हार गर्न जान्दछन्। नैतिकता शब्द उनीहरुको शब्दकोषमा हुँदैन ।”

प्रकाशित : सोमबार, भदौ २२, २०७७११:४२

देउवा पत्नी आरजूले भनिन् – “महिला २१ औ शताब्दीमा पुगिसके तर पुरुष भने १८ औं शताब्दी छन्”