काठमाडौँ – लद्दाखमा फेरी एक पटक गो’लि चलेको छ। वास्तविक सीमा रेखा (एलएसीमा) तैनाथ भारतीय सैनिकले गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरी भारतले चेतावनीस्वरुप गो’ली (वार्निङ शट्स) चलाएको हो।
भारतीय पक्षबाट सीमा रेखा (एलएसी) पारे गर्ने प्रयास भएको र ‘ समेत चलाएको चीनको आरोप छ। भारत र चीनक सैन्य अधिकारी बीच वार्ताको तयारी हुँदा गर्दा भारतको पक्षबाट गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार भएको चीनले जनाएको छ।
सोमवार भारतीय सेनाले चार हजार मिटरको उचाइमा रहेको पाङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएको छ।
भारतीय समाचार एजेन्सी एएनआईले पनि एलएसीमाथि पूर्वी लद्दाखमा गोलीबारी भएको जनाएको छ भने चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि जवाफी कारवाही गर्न आफूहरु बाध्य भएको जनाएको छ।
चिनियाँ सेनाका प्रवक्ता वरिष्ठ कर्नल जांग शियूलीले एक बयान जारी गर्दै भारतीय सैनिकले भारत–चीन सीमाको पश्चिमी हिस्सामा एलएसी पार गरे र पंन्गोंग त्यो लेकको दक्षिणी किनारा नजिकै शेनपाओ पहाठको इलाकामा प्रवेश गरेको जानकारी गराएका छन्। उनका अनुसार भारतले दुबै पक्षबीचको सहमतिको भारतले उल्लंघन गरेको छ। भारतीय पक्षका कारण त्यस क्षेत्रमा थप तनाव बढाएको उनले जनाएका छन्।
चीन र भारत बीच पछिल्लो केहि महिना देखि सीमा विवादलाई लिएर तनाव बढिरहेको छ। यस भन्दा गाडी केहि महिनाको अन्तराममा दुवै देशका सेना दुई पटक आमने-सामने भैसकेका छन्।