सोमबार घटबढ नभएको सुनको मूल्य आज घट्यो ! कति ?[मूल्य सहित]

काठमाडौँ – सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार घटेको छ। गत हप्ता देखि लगातार घटेर सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ सय रुपैंयाले घटेको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९५ हजार ८ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सयले घटेको छ। आज तेजाबी सुनको मूल्य ९५ हजार ३ सय कायम भएको छ।

शुक्रबारको तुलनामा आइतबार पनि तोलामा सुनको भाउ ३ सयले नै घटेको थियो। तर, सोमबार भने सुनको मूल्यमा कुनै पनि घटबढ भएको छैन। सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय १० मा कारोबार भइरहेको महासङ्घले जानेको छ।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७०५:४०

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने !