बार्सिलोनाले सुआरेजको विकल्प भेट्यो !

एजेन्सी – लुइस सुआरेजले बार्सिलोना छाड्ने पक्का भएसँगै बार्सिलोना यति बेला उनको विकल्पको खोजिमा रहेको छ। कप्तान लियोनेल मेस्सीलाई सघाउन को ल्याउने भन्ने विषय बार्सिलोनामा बहसको विषय बनिरहेको छ।

पछिल्ला केहि खबरका अनुसार बार्सिलोनाले सुआरेजको विकल्प भेटेको छ। सुआरेजको ठाउँमा फ्रेन्च क्लब लियोनका कप्तानसमेत रहेका फरवार्ड मेम्फिस डिपेलाई ल्याउने पक्का भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

केहि स्पेनिस संचार माध्यमहरुका अनुसार २२ मिलियन पाउण्डमा बार्सिलोनाले डिपेलाई ल्याउने भएको हो। यस विषयमा एक किसिमको समझदारी भइसकेको छ।

डिपेलाई ल्याउने विषयमा क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले जोड दिएको र सोहि अनुसार डिपेलाई ल्याउन लागिएको बताइएको छ। डिपेले नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबाट कोम्यानसँगै रहेर काम गरिसकेका छन्। यहि कारणले गर्दा पनि कोम्यानले डिपेलाई ल्याउन जोड दिएको बताइन्छ।

म्यानचेस्टर युनाइटेडमा हुँदा खासै चल्न नसकेका डिपेले लियोन पुगेपछि भने सुधारिएको प्रदर्शन गरिरहेका छन्। लियोनसँग उनको मात्रै एक वर्ष सम्झौता छ। लियोनले उनलाई जान दिने भन्दा पनि क्लबमै राख्न चाहेको छ। तर, आउने वर्ष उनी सित्तैमा अन्यत्र जान पाउने हुँदा लियोनले यसै वर्ष बेचेर केहि आर्थिक लाभ लिने मनस्थित बनाएको अन्तराष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७०६:५५

पोर्चुगलको जर्सीमा रोनाल्डोको १ सयौं गोल पूरा, पोर्चुगलको सहज जित !