पञ्चतत्वको प्रतिनिधित्व गर्छन् भगवान शिवमा समर्पित यी पञ्चभूत मन्दिरले !

हिन्दू धर्म अन्तर्गत, विभिन्न देवीदेवताहरु को अस्तित्व को स्वीकार गरिएको छ र उनीहरुसंग सम्बन्धित मन्दिर र अन्य धार्मिक स्थलहरु पनि अवस्थित छ। यस्तै आज हामी भगवान शिवलाई समर्पित पञ्चभूत मन्दिरहरूको बारेमा कुरा गर्नेछौं।

हिन्दू धर्ममा शिवलाई देवताहरुको पनि देवको दर्जा दिइएको छ। यही कारणले शिव भक्तहरूले उहाँलाई महादेवको नाममा पुज्छन्। जहाँ ब्रह्मा जीको कार्य रचना गर्नु हो, विष्णु जीको कार्य त्यो सृष्टिलाई बचाउनु हो भने महेश अर्थात् भगवान शिवको काम भनेको यस सृष्टिमा निहित पापहरुलाई नष्ट गर्नु र एउटा नयाँ सुरुवात गर्नु हो। पाँच तत्व, पृथ्वी, आकाश, जल, वायु, अग्नि अर्थात् पञ्चभूतिलाई पनि भगवान शिवले नियन्त्रणमा राख्नुहुन्छ। र महादेवका पंचभूत मन्दिरले यी पंचतत्वको प्रतिनिधित्व गर्छन्।

पंचभूत मन्दिर

एकम्भरेश्वर मन्दिर

यस मन्दिरको सम्बन्ध पृथ्वी तत्व सँग रहेको छ। यो मन्दिर शैव सम्प्रदायसँग पनि सम्बन्धित छ। यस मन्दिरमा भगवान शिवको प्रतीक शिवलिंगलाई पृथ्वी लिंगको रूपमा पूजा गरिन्छ।

जम्बुकेश्वर मन्दिर

यस मन्दिरले जल तत्वको प्रतिनिधित्व गर्दछ। मान्यता अनुसार यस मन्दिरको दर्शन गर्ने मानिसको सबै जन्मको पाप मिटिन्छ। यहाँ भगवान शिवलाई जम्बुकेश्वर र माता पार्वतीलाई अकिलादेश्वरीको रूपमा पुजिन्छ। यहाँ आएर पार्वतीको यस रूपको पूजा गर्ने भक्तले ज्ञान र बुद्धि प्राप्त गर्छ। साथै उसको परिवारका हरेक इच्छा पूरा हुन्छ भन्ने विश्वास रहि आएको छ।

अन्नामलाई मन्दिर

यस मन्दिरलाई विश्वासकै सबै भन्दा ठूलो शिव मन्दिर मानिन्छ जसको सम्बन्ध अग्नि तत्वसँग छ। यो मन्दिर शैव सम्प्रदायको राजधानी पनि हो। यस मन्दिरमा भगवान शिवको अर्धनारीश्वर रूपको पूजा गरिन्छ।

चिदम्बरम नटराज मन्दिर

यस मन्दिरले आकाश तत्वको प्रतिनिधित्व गर्दछ। यस मन्दिरमा भगवान शिवको नटराज स्वरूप साथसाथै भगवान विष्णुको पनि पूजा गरिन्छ।

श्रीकालहस्ती मन्दिर

यो मन्दिरलाई वायास्थला पनि भनिन्छ। यो मन्दिरले वायु तत्वको प्रतिनिधित्व गर्दछ। यो त्यहि मन्दिर हो जहाँ शिव भक्त तथा नयनारहरू मध्येका एक कन्नप्पा नामका शिकारीले आफ्नो दुवै आँखा निकालेर र भगवान शिवलाई अर्पण गरेका थिए। कन्नप्पाको यो भक्ति भावले प्रसन्न भएर भगवान शिवले उनलाई मुक्ति दिनुभयो।

प्रकाशित : मङ्गलबार, भदौ २३, २०७७१४:१०

मंगल ग्रहले बदल्दै छ चाल, यी राशिको लागि अत्यन्त शुभ !