मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्य सामान्य रहनेछ। वाणीमा संयम राख्नु अत्यन्त जरूरी देखिन्छ। खर्चमा वृद्धि हुनेछ। खान-पानमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा स्त्री सहकर्मीबाट विशेष लाभ मिल्ने देखिन्छ। आर्थिक हिसाबले दिन मध्यन रहनेछ। मनमा नकारात्मक भावना उत्पन्न होला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
स्वास्थ्य राम्रो रहनेछ। हरेक कार्य सरलताका साथ सम्पन्न हुनेछन्। नयाँ कार्य सुरु गर्नको लागि पनि समय उत्तम रहेको छ। धन लाभ मिल्ने सम्भावना रहेको छ। परिवारका साथ आनन्दमय समय बित्नेछ। आत्मविश्वास तथा पराक्रम बढ्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक तथा ,मानसिक अस्वस्थताको अनुभव हुनेछ। कुनै पनि कार्य सुरु गर्नु अघि राम्रोसँग सोच बिचार गर्नुहोला। दुर्घटनाको योग रहेकोले सावधान रहनुहोला। खर्चमा वृद्धि हुँदा आर्थिक पक्ष कमजोर रहला। अनावश्यक काममा समय तथा बल खेर जानसक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
व्यापार व्यवसायमा आर्थिक लाभ मिल्ने देखिन्छ। आयका स्रोतहरु बढ्नेछन्। मित्रसँग रमणीय भेटघाट हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। यात्राको योग बन्ने देखिन्छ। दाम्पत्य जीवन सुखमय रूपले बित्नेछ। आर्थिक आयोजना सफलताका साथ सम्पन्न गर्न सक्नुहुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। तपाईंको मनोबल तथा आत्मविश्वास बढ्नेछ। व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। पदोन्नतीको योग रहेको छ। सरकारी क्षेत्रबाट लाभ मिल्ने देखिन्छ। पैतृक सम्पतिबाट पनि लाभ हुने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
धार्मिक कार्य तर्फ रुचि बढ्नेछ। यात्राको योग बन्नेछ। स्त्री मित्रबाट लाभ मिल्ने देखिन्छ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। मित्रगणसँग रमणीय भेटघाट हुनेछ। भाई-बहिनीबाट आर्थिक रूपमा सहयोग मिल्ने सम्भावना रहेको छ। परिवारमा खुसीयाली छाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
वाणीमा संयम राख्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। सरकारी क्षेत्रमा समय अनुकूल नरहला। खर्चमा वृद्धि हुँदा आर्थिक संकट आउनसक्छ। स्वास्थ्यमा पनि समस्या देखा पर्न सक्छ। मानसिक तनाब बढ्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। रमणीय यात्राको योग बन्ने देखिन्छ। सामाजिक मान-सम्मान प्राप्त हुनेछ। आफन्तजनसँग रमणीय भेटघाट गर्ने अवसर मिल्नेछ। प्रिय व्यक्तिसंगको भेटले मन प्रशन्न रहनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिवारमा आनन्दमय वातावरण रहनेछ। तपाईंको मन प्रफुल्ल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। व्यापार व्यवसायमा पनि समय शुभ रहने देखिन्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। कार्यक्षेत्रमा सोचे जस्तो समय अनुकूल नरहला। सन्तानको स्वाथ्य चिन्ताको विषय बन्न सक्छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला। शत्रु तथा प्रतिस्पर्धीसंग सावधान रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ला। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। आर्थिक आयोजना सफलताका साथ पूरा हुनेछ। खर्चमा वृद्धि हुनेछ। वाहन तथा घर-जग्गा कारोबार गर्दा सावधान रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
तपाईंको कलात्मक तथा सिर्जनात्मक क्षमतामा वृद्धि हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको भरपूर सहयोग मिल्नेछ। यात्राको योग बन्नेछ। प्रिय व्यक्तिसंगको रमणीय भेटले मन प्रशन्न रहनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।