काठमाडौँ – प्रतिनिधिसभा अनतर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई समितिको बैठकमा बोलाएको छ।
समयमै मल नआउँदा किसान पिडित भएको विषयमा छलफल गर्न समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई समितिको बैठकमा बोलाएको हो।
समितिले पटक-पटक ताकेता गरेर मन्त्रीलाई समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिएपनि मलका कारण किसानले दुख पाएपछि मन्त्रीलाई समितिको बैठकमा बोलाइएको समिति सभापति पूर्णाकुमारी सुवेदी बताइन्।
सरकारले मल आपूर्ति गर्ने ठेकेदार कम्पनिले समयमा मल ल्याउन नसक्दा अहिले देशभर मलको हाहाकार छ। ठेकेदारले समयमा मल नल्याएको भन्दै ठेकेदार कम्पनि माथि सरकारले कारवाही पनि अघि बढाएको छ।
समयमा मल ल्याउन नसकेको विषयलाई लिएर कृषिमन्त्रीले जनता समक्ष माफी पनि मागिसकेका छन्। तर माफी मागेर मात्र नपुग्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णाकुमारी सुवेदी बताउँछिन्।