काठमाडौँ – नेपालभर पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट ९०२ जनामा कोरोनाको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ६ सय पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ४८ हजार १३८ जना पुगेको छ ।
उनका अनुसार पछिल्लो २४ घन्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म ३२ हजार ९६४ उपचारपछि निको भएको उनले जानकारी दिए।
नेपालमा १४ हजार ८६८ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार ८ हजार ०५३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्। क्वारेन्टाइनमा ५ हजार ३१० जना रहेका छन्।
काठमाडौँ उपत्यकामा कति ?
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।
अन्य विवरण निम्न छ –