काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। मंगलबार आएको रिपोर्टले उनीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको हो।
कोइरालाको निजी सचिवालयका अनुसार उनले मंगलबार नै स्वाब दिएका थिए। कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण नदेखिएको सचिवालयले जनाएको छ।
कोइरालाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।