काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले सरकारले अनुमति दिए ३ हजार १ सय विद्यालयमा दशै अघि नै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ।
सय भन्दा कम विद्यार्थी रहेका ती विद्यालयमा दशै अघि परीक्षा लिनसक्ने बोर्डले दावी गरेको छ । सय भन्दा बढी विद्यार्थी भएका करिब १ हजार १ सय विद्यालयमा कोभिड–१९को नियन्त्रणको अवस्था हेरेर दशै लगत्तै र तिहारपछि परीक्षा लिन सकिने बोर्डले जनाएको छ ।
कोभिड–१९ को कारण स्थगित कक्षा १२ को परीक्षा गर्न तयार गरेको विकल्पमा कार्तिक लागेपछि हिमाली र केही उच्च पहाडी जिल्लामा परीक्षा लिन नसकिने निष्कर्ष बोर्डले निकालेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले मन्त्रिपरिषदको बैठकले परीक्षाको विषयमा चाडै निर्णय गर्न आग्रह गर्नुभएको छ । उहांले भन्नुभयो–हामीसंग प्रशनपत्र उत्तरपुस्तिका तयारी अवस्थामा छ । विद्यालयमा पु¥याएर परिक्षा गर्न असम्भव देखिदैन ।
सय भन्दा कम विद्यार्थी भएका विद्यालयमा होम सेन्टर कायम गरी स्वाथ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्न कुनै समस्या पर्दैन–उहांले भन्नुभयो ।
उहाँले यो साताभित्र बोर्डले प्रतिवेदन बुझाएर मन्त्रालय मार्फत चाडै मन्त्रिपरिषदले स्वीकृत दिए दशै अघि परीक्षा लिन सकिने बताउनुभयो ।
तर अहिलेसम्म हेर्दै गरिएको प्रतिवेदन कहिले बुझाउने र दशै अघि परीक्षा लिने भन्ने विषयमा सम्भावना कम देखिएको छ । तीन दिन अघि बोर्डको बैठकमा मस्यौदाको विषयमा मत बाझिएको थियो । मत बाझिएपछि परीक्षा गर्ने मितिको विषय अन्योलमा परेको छ ।
अधिकांस सदस्यले अहिलेको अवस्थामा हचुवाको भरमा निर्णय गर्न नहुने बताएका थिए । उनीहरुले अध्ययन गरेपछि राय पेशगर्ने सोही आधारमा मन्त्रालयमा सिफारिस गर्ने बताएका थिए ।
बोर्डका अध्यक्ष प्राडा पौडेल र सदस्य सचिव दुर्गा अर्यालले तयार गरेको प्रतवेदनको विषयमा बोर्डका सदस्यसंग छलफल गरी त्यसको भोलिपल्ट मन्त्रालयमा पेशगर्ने योजना बनाएका थिए ।
अधिकांस सदस्यले मोडलको विषयमा अध्ययन गर्नुपर्ने बताएका थिए । सोही अनुसार बोर्डले सबैलाई प्रतिवेदन मेल गरिएको छ ।
बोर्डका अध्यक्ष प्राडा पौडेलले बोर्ड सदस्यले अध्ययन गनुपर्ने भनेपछि केही दिन बिलम्ब हुने बताउनुभयो । उहांले भन्नुभयो– उहाहरुले अध्ययन गरेर राय दिनुहुन्छ, बैठक बसेर निर्णय गर्नेछौ ।

