काठमाडौँ – आज बुधबार सुनको मूल्य बढेको छ। मंगलबार घटेको सुनको मूल्य आज बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोलामा ६ सय रुपैंयाले बढेको छ। आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९६ हजार ४ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९५ हजार ९ सय कायम भएको छ।

यस अगाडी मंगलबार सुनको मूल्य सोमबारको तुलनामा घटेको थियो। तोलामा ३ सयले घटेको सुनको मूल्य मंगलबार ९५ हजार ८ सय कायम भएको थियो।

सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

