जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे !

दार्चुला – यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन् । गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ ।

“जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका छन्, यो सङ्ख्या निकै धेरै हो”, जिल्ला अस्पतालका डा गजेन्द्र दुवालले भने। यसअघि २०७५÷७६ मा २१६ जनाले अस्पतालमा आएर गर्भपतन गराएका थिए । “विगतमा मेडिकलबाट औषधि लिएर घरमै प्रयोग गर्ने गर्थे, तर अहिले चेतनास्तरमा आएको परिवर्तनले पनि सुरक्षित गर्भपतन सेवा लिने बढेको हुनसक्छ”, डा दुवाल भन्छन्।

महिला र पुरुषका लागि परिवार नियोजनका विभिन्न अस्थायी साधन हुँदाहुँदै पनि महिलाको स्वास्थ्यलाई जोखिममा पारेर गर्भपतन गराउनु खतरा हुने उनको भनाइ छ । यो तथ्याङ्कले अहिले परिवार नियोजनको साधन प्रयोगकर्ता घटेको देखाउँछ । जिल्ला अस्पतालमा एक वर्षको अवधिमा ४९८ जनाले प्रसूति सेवा लिएका छन् । यस्तै आव २०७४÷७५ मा ५७८ र २०७५÷७६ मा ४९१ जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

अस्पताल पुगेकामध्ये ४१८ जनाले सामान्य तवरमै प्रसूति सेवा लिएका छन् । यस्तै ३५ जनाको शल्यक्रियाद्वारा प्रसूति सेवा दिइएको डा दुवालले जानकारी दिनभुयो । जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेका २१ जनालाई अन्यत्र अस्पतालमा प्रसूतिका लागि सिफारिस गरिएको छ । जिल्ला अस्पतालमा आएर परिवार नियोजन सेवा लिनेमा कन्डम प्रयोगकर्ता ११२ जना मात्रै छन् । पिल्स ५१, डिपो लगाउने २५८, आइयुसिडी लिने चार र इमप्लान्ट राख्नेको सङ्ख्या ७५ जना रहेको अस्पतालले जनाएको छ ।

यस्तै जिल्ला अस्पतालमा पाँच नवजात शिशुको ज्यान गएको छ । समयमै अस्पताल पु¥याउन नसक्नु तथा सडक नहुँदा बोकेरै ल्याउँदा पनि नवजात शिशुको ज्यान गएको डा दुवालले बताए। पहाडी क्षेत्रमा गाउँबाट सुविधासम्पन्न अस्पतालसम्म पुग्नै समय लाग्छ । ढिला गरी अस्पताल आउँदा नवजात शिशुको मृ-त्यु हुने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा मातृ मृ-त्युदर भने गत वर्ष शून्यावस्थामा छ ।

प्रकाशित : बुधबार, भदौ २४, २०७७०७:००

ओलीलाई गगनको चेतवानी – ‘सावधान ! नेपालीको धैर्यताको बाँध कुनैपनि बेला फुट्नसक्छ’