सुआरेजको यो भिडियो देखेर भन्न थालियो – ‘सुआरेज बुढो भए, पहिला जस्तो रहेनन्’ [भिडियो सहित]

एजेन्सी – लुइस सुआरेजको ६ वर्षे बार्सिलोना बसाई लगभग सकिसकेको छ। उनी बार्सिलोना छाडेर इटालियन सिरी ‘ए’ क्लब युभेन्टस क्लब जाने पक्का भइसकेको छ। बाहिर आएका खबरलाई मान्ने हो भने, सुआरेज युभेन्टससँग सम्झौता गर्ने अन्तिम तयारीमा छन्।

६ वर्ष क्लबमा रहेर बार्सिलोनालाई विभिन्न उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका उनले १ सय ९८ गोल गरे। उनले बार्सिलोनाका लागि २ सय ८३ खेल खेल्दै १ सय ९८ गोल गरेका हुन्। बार्सिलोनामा रहेर उनले एक च्याम्पियन्स लिग र ४ लालिगा जिते।

तर, सन् २०१९-२० को सिजन भने उनको लागि खासै सुखद रहन सकेन। बार्सिलोनाको लागि खेलेयता उनी पहिलो पटक सिजनमा २० गोल गर्नबाट चुके। जससँगै अहिले उनी बुढो भएको र ओरालो यात्रामा रहेको बताउन थालिएको छ।

पछिल्लो समय उनका केहि भिडियो समाजिक संजालमा फेला परेका छन्। ती भिडियोहरुमा देखिएका सुआरेज बारे विभिन्न टिका-टिप्पणी भइरहेको छ।

सार्वजनिक भएका भिडियोहरुमा सुआरेज केहि भद्दा देखिएका छन् भने उनमा पहिला जस्तो तेज पनि देखिएको छैन। बार्सिलोनाको प्रशिक्षणमा केहि गलेको जस्तै देखिएका सुआरेजलाई बार्सिलोना समर्थकहरुले रुचाएका छैनन्। जसकारण उनी बुढो भएको र बार्सिलोना छाड्ने समय आइसकेको टिप्पणी गर्न थालेका छन्।

प्रकाशित : बुधबार, भदौ २४, २०७७०८:३७

“रोनाल्डो केहि वर्ष रोकिँदैनन्, दबदबा अझै केहि वर्ष चल्छ”