आज हजार भन्दा बढी कोरोना संक्रमित फेला परे !

काठमाडौँ – नेपालमा बुधबार १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार ११ हजार १६७ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित फेला परेका हुन्।

पछिल्लो २४ घण्टामा ९१८ जना संक्रमित निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३३ हजार ८८२ पुगेको पनि उनले जानकारी दिए। उनका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ।

प्रकाशित : बुधबार, भदौ २४, २०७७१०:४९

भोलि देखि निषेधाज्ञा खुकुलो ! के-के खुल्छन् ?