सुत्नु अघि सुप वाला दुध पिउनुस्, मिल्नेछन् यस्ता गज्जबका फाइदा !

सामान्यतया सुप केहि खाएपछि प्रयोग खानको लागि प्रयोग गर्ने गरिन्छ तर यसको अरु पनि थुप्रै तरिकाले प्रयोग गर्न सकिन्छ। सुप दुधमा मिलाएर पिउन सकिन्छ। यसको थुप्रै फाइदा छन्। राति सुत्नु अघि एक गिलास दुधमा सुप मिलाएर पिउँदा पाचन प्रणाली मजबूत बनाउनुका साथै अन्य थुप्रै रोगबाट छुटकारा पाउन सकिन्छ। जान्नुहोस् दुधमा सुप मिलाएर खानुको फाइदा…

मजबूत पाचन प्रणाली

सुप मिलाएर दुधको सेवनले पेटको स्वास्थ्य राम्रो बनाउँछ। सुप मिलाएको दुध पाचन सुधार गर्न प्रभावकारी हुन्छ। यसको सेवनले कब्ज र एसिडिटीबाट पनि राहत पाउन सक्छ।

स्मरण शक्ति बढाउन 

दुधमा सुप मिलाएर खांदा यसले सम्झन सक्ने शक्ति बढाउने विश्वास गरिन्छ। यदि दुधमा सुप मिसाएर सेवन गरियो भने यसले तपाईको दिमागलाई फ्रेश बनाउनका साथै स्मरण शक्ति बढाउन पनि लाभदायक हुन्छ।

आँखा सम्बन्धि समस्या 

यदि तपाईं सुप मिलाएको दुध दैनिक रूपमा सेवन गर्नुहुन्छ भने आँखाका समस्याहरूबाट छुटकारा मिल्न सक्छ। यो पेय तपाईंको आँखाको लागि धेरै फाइदाजनक हुन्छ।

कोलेस्ट्रोल कम गर्न 

यो ड्रिंक शरीरको कोलेस्ट्रोल कम गर्न पनि निकै फाइदाजनक हुन्छ। यसको दैनिक सेवनले शरीरमा कोलेस्ट्रोलको लेभल नियन्त्रणमा रहन्छ।

दमको लागि फाइदाजनक 

सुप वाला दुध दमका बिरामीहरूका लागि धेरै फाइदाजनक हुन्छ। सुप वाला दुध श्वासप्रश्वास समस्याहरूका लागि रामबाण साबित हुन सक्छ। यसले हाम्रो श्वसन प्रणालीमा सुधार गर्छ।

मिहिनावारीको समयमा हुन्छ लाभदायक 

यसले महिनावारीको समयमा हुने दुखाइ कम गर्न सक्छ। महिनावारीको समयमा सुप वाला दुध सेवन गर्दा महिनावारी सम्बन्धित समस्याहरू कम गर्न सकिन्छ। त्यस्तै, सखरको साथमा सुपको सेवन गर्दा महिनावारी बीच हुने अनियमित अवधिको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

प्रकाशित : बिहिबार, भदौ २५, २०७७१३:०८

राति सुत्नु अघि खुट्टामा तेल लगाएर सुत्नुहोस्, मिल्नेछ लाभै-लाभ !