के तपाईंले आकासबेलीको नाम सुन्नु भएको छ? यो एक यस्तो प्रकारको बेल हो जुन औषधीय गुणले भरपूर हुन्छ। यो हाम्री लागि अत्यन्त लाभकारी हुन्छ। आकासबेली थुप्रै बिमरीबाट छुटकारा पाउन मद्दत गर्छ।
आयुर्वेदमा आकासबेलीको छुट्टै स्थान छ। आउनुहोस् आज हामी तपाईंलाई आकासबेलीको फाइदाको बारेमा बताउँछौं…
कपाल झर्ने समस्या
केश झर्ने वा कपाल झर्ने समस्याबाट छुटकारा पाउनको लागि ३० ग्राम आकासबेली पीसेर त्यसमा २ चम्चा तिलको तेल मिलाएर टाउकोमा मालिस गर्नुहोस्। यसो गर्नाले कपाल झर्नबाट बचाउँछ। आकासबेली कपाल को रामबाण उपाय मानिन्छ।
घुँडा दुख्ने समस्या
आकासबेली घोटेर यसको पेस्ट तयार गर्नुहोस्। तयार भएको पेस्ट घुँडाको जोर्नीमा लगाएर उक्त स्थानमा पट्टि बाँध्नुहोस्। यसले घुँडा दुख्ने समस्याबाट छिटै राहत प्रदान गर्छ।
पाइल्स
२० ग्राम आकासबेलीमा ५ ग्राम जीरा पाउडर र ४ ग्राम मरिचको मिश्रण तयार पार्नुहोस्। अब यो मिश्रण १ गिलास पानीमा मिलाएर पिउनुहोस्। लगातार ३ दिनसम्म बिहान र बेलुका दुई पटक यसो गर्नाले पाइल्सको समस्या दूर हुन्छ।
चोट लागेको स्थानमा
चोटपटक तथा घाउ लागेको ठाउँमा आकासबेलीको प्रयोग गर्नाले राहत मिल्नेछ। घाउ तथा चोट लागेको ठाउँमा आकासबेली पिसेर १ चम्चा गाईको घिउमा मिलाएर लगाउनुहोस्, घाउ छिटै निको हुनेछ।
मधुमेह
यो औषधी मधुमेह बिरामीहरूका लागि धेरै फाइदाजनक हुन्छ। दैनिक रूपमा ५ ग्राम आकासबेलीको पाउडर सेवन गर्नाले शरीरमा चिनीको स्तर कम गर्दछ। त्यसैले, मधुमेह बिरामीहरूले यो दैनिक रूपमा सेवन गर्नु निकै लाभदायक हुन्छ।