भनिन्छ सुख र दुख एकै सिक्काका दुई पाटा हुन्। यस्तोमा यो सोच्नु कि मानिस सधैं सुखी रहन्छ वा सधैं दुखी रहन्छ, यो मूर्खता हो। हामीले जीवनका हरेक परिस्थितिको कसरी सामना गर्छौं र हरेक समस्या कसरी समाधान गर्छौं भन्ने कुराले मानिसलाई एक अर्कासँग भिन्न बनाउँछ। र यहि हाम्रो वास्तविक खुशी र मानसिक सन्तुष्टि उत्तरदायी हुन्छ।
आज हामी तपाईंलाई केहि यस्ता बानीहरूको बारेमा बताउँदै छौं जसले कहिले पनि मानिसलाई निराश हुन दिँदैन। यदि यी बानीहरू तपाईं भित्र पनि छन् भने बुझ्नुहोस् कि कसैले पनि तपाईंलाई पराजित गर्न सक्दैन।
सकारात्मक दृष्टिकोण भएका व्यक्ति
यदि तपाईंको सोच जस्तो सुकै नकारात्मक परिस्थितिमा पनि सकारात्मक छ भने तपाईंले सफलता अवश्य प्राप्त गर्नुहुनेछ। हरेक परिस्थितिमा नकारात्मक दृष्टिकोण भएका व्यक्तिहरूले कहिले पनि मानसिक शान्ति प्राप्त गर्दैनन्। असफलताको अर्थ हार हैन। यो कुरा बुझ्ने व्यक्तिले जीवनको वास्तविक खुशीलाई बुझ्छ।
शान्त किसिमका व्यक्ति
जस्तो सुकै परिस्थितिमा शान्त रहने, कुनै प्रकारको क्रोध नदेखाउने मानिस सधैं खुसी रहन्छन्। यसको विपरित, ती व्यक्तिहरू जो हरेक कुरामा रिसाउँछन्, तिनीहरू जहिले पनि चिड़चिलो स्वभावका हुन्छन्। परिस्थिति त कहिले सकारात्मक त कहिले खराब हुन्छ नै तर मानिसले आफ्नो भावनाहरू नियन्त्रणमा राख्न सक्नु पर्छ।
तनाव नलिने व्यक्ति
केहि व्यक्तिहरु जस्तो सुकै परिस्थितिमा पनि तनावमुक्त रहन मन पराउँछन् किनकि उनीहरुलाई थाहा हुन्छ कि तनाव लिएर कुनै पनि समस्याको समाधान हुँदैन। जो व्यक्ति हरेक कुरामा चिन्तित हुन्छन्, उनीहरू हर समय कुनै न कुनै समस्या वा तनावमा हुन्छन्। खुशीको अवसरमा पनि उनीहरू समस्या देख्छन्।
हाँसी मजाक गर्ने व्यक्ति
जो व्यक्ति कठिन स्थितिमा पनि हाँसी मजाक, ठट्टा गर्ने बानीका भएका हुन्छन्, त्यस्ता मानिस निकै खुसी रहन्छन्। यस्ता मानिसको आनन्दित प्रकृतिका कारण आफू त तनावमुक्त रहन्छन् नै तर आफूसँग रहेका मानिसको पनि केहि तनाव कम गर्न सक्षम हुन्छन्।
आत्मविश्वासी व्यक्ति
आत्मविश्वास र मिहेनतले मानिसलाई कठिन भन्दा कठिन परिस्थितिबाट पनि मुक्त गर्न सक्छ। यी दुई गुणले भरिपूर्ण मानिस जीवनमा आउने जस्तो सुकै प्रतिकूल परिस्थितिलाई पनि अनुकूल पार्ने क्षमता राख्छ।