डार्क सर्कल तथा आई ब्याग्सले हाम्री अनुहार सौन्दर्य नै बिगार्छ। पक्कै पनि कसैलाई आँखा वरिपरि कालो सर्कल मनपर्दैन। कतिपय समय पर्याप्त निन्द्रा पछि पनि डार्क सर्कलको समस्याबाट छुटकारा पाउन सकिदैन। डार्क सर्कल कम निन्द्राको कर्णले मात्र नभएर तनाव र कामको बोझले पनि हुन्छ।
यस्ता डार्क सर्कलबाट मुक्त हुन घरेलु उपचारहरू उत्तम हुन्छ। घरेलु विधिको सहायताले आँखा वरिपरि परेका सर्कल सजिलै हटाउन सकिन्छ।
कोल्ड कम्प्रेस
जतिसक्दो चाँडो डार्क सर्कल हटाउनको लागि आइस वा कोल्ड प्याक प्रयोग गर्नु राम्रो मानिन्छ। यसो गर्दा यसले डार्क सर्कल हट्नुका साथै रक्त प्रवाह पनि बढ्छ। रगत प्रवाह बढ्नाले अनुहार फ्रेश र चमकदार देखिन्छ।
आलु
डार्क सर्कल हटाउनको लागि आलु पनि निकै मद्दतगार हुन्छ। आलुमा भरपूर मात्रामा विटामिन पाइन्छ जसले कोलेजेन बढाउँछ। आलुको रस निकाल्नुहोस् र त्यो रसमा कपास भिजाएर आँखाको वरिपरि लगाउनुहोस्। यसलाई १० मिनेटको यत्तिकै छोड्नुहोस्। यसो गर्नाले छिटै डार्क सर्कल कम हुन्छ।
आई मसाज
आई मसाज गर्नाले पनि डार्क सर्कल कम हुन्छ। आई मसाज गर्नाले रक्त प्रवाह बढ्छ जसको कारणले छालामा चमक र ताजगी आउँछ।
काँक्रो
गोलो गोलो परेर काँक्रोको टुक्रा काट्नुहोस् र यसलाई आँखामा राख्नुहोस्। यसलाई १० मिनेटसम्म आँखामा राख्नुहोस्। त्यसपछि सफा पानीले आँखा धुनुहोस्। केहि दिनमै तपाईंको आँखाको डार्क सर्कल हट्छ।
गुलाब जल
गुलाब जल प्राय: छाला ताजा राख्नको लागि प्रयोग गरिन्छ। गुलाब जलले डार्क सर्कल कम गर्न पनि धेरै मद्दत गर्दछ। सानो कपासको टुक्रा लिनुहोस्। अब त्यो कपास गुलाब जलमा भिजाएर आँखामा लगाउनुहोस्। १५ मिनेटको लागि त्यत्तिकै छाड्नुहोस् र १५ मिनेटपछि सफा पानीले मुख पखाल्नुहोस्। दैनिक रूपमा १ महिनासम्म यसो गर्दा आँखा वरिपरिको डार्क सार्कल हराएर जान्छ।