बिहिबारको दिन यी विधिले साई बाबाको पूजा गर्नुहोस्, चम्किनेछ भाग्य !

हिन्दू धर्ममा बिहीबार भगवान विष्णुलाई समर्पित छ। त्यस्तै, बिहिवार साई बाबाको पूजा दिन पनि मानिन्छ। जसले साई बाबाको सच्चा मनले पूजा गर्छ, उसको हरेक चाहना पूरा हुन्छ भन्ने विश्वास रहि आएको छ।

साई बाबाको पूजाको क्रममा भक्तहरूले फलफूल,  मिठाईहरू अर्पण गर्छन्। साई बाबाको पनि केहि मन पर्ने चिज छन्। यदि बिहिबारको दिन यस्ता चिजको प्रयोग गरि साई बाबाको पूजा गरिन्छ भने तपाईंको हरेक इच्छा पूरा हुन्छ भन्ने मान्यता छ। हामी तपाईंलाई यी चीजहरूको बारेमा बताउँछौं।

खिचडी 

धार्मिक मान्यताका अनुसार खिचडी साई बाबालाई निकै मन पर्छ। भनिन्छ कि साई बाबालाई बिहीबारको दिन प्रसादको रूपमा खिचड अर्पण गर्नु शुभ मानिन्छ।

नरिवल 

हिन्दू धर्ममा सबै भगवानको पूजाको क्रममा नरिवल समर्पित गर्ने विधि रहेको छ। साई बाबाले पनि नारिवल मन पराउनुहुन्छ। बिहिबारको दिन साई बाबालाई नरिवल समर्पण गर्नाले उहाँ छिटै प्रशान् हुनुहुन्छ।

हलवा 

हलवा साई बाबाको निकै प्रिय चिज हो। त्यसैले, हलवा साई बाबाको पूजाको क्रममा उनलाई प्रसादको रूपमा प्रदान गर्नुहोस्।

मिठाई 

साई बाबालाई मिठो पनि अत्यन्त मन पर्छ। बाबालाई विशेषगरि गाईको दुधबाट बनेको मिठाई मन पर्छ। त्यसकारण बिहिबारको दिन बाबालाई पेडा प्रसादको रुपमा प्रस्ताव गर्न सक्नुहुन्छ।

यस बाहेक, फलफूल पनि बाबालाई अर्पण गर्न सकिन्छ।

प्रकाशित : बिहिबार, भदौ २५, २०७७१०:०४

ग्रहचक्रमा बृहस्पतिको उथलपुथल, यी राशिलाई लाभ !