घाँस काट्न जाँदा लडेर एक महिला र गर्भमा रहेको बच्चाको मृ-त्यु !

सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृ-त्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा ज्यान गएको हो। स्थानीयवासीका अनुसार भीरबाट लडेर तामाङको पेट फुटेको थियो । पेट फुटेपछि घटनास्थलमा आमा र शिशु एक मिटरका दूरीमा छुट्टाछ्ट्टै स्थानमा फेला परेका थिए ।

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटामा शिशुको पनि ज्यान गएको वडाध्यक्ष सनत अधिकारीले जानकारी दिए । थप जानकारी लिन अहिले प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

प्रकाशित : बिहिबार, भदौ २५, २०७७०९:१८

भरतपुर अस्पतालको प्रमुख मेसुमा डा पाण्डे नियुक्त !