ग्रहचक्रमा बृहस्पतिको उथलपुथल, यी राशिलाई लाभ !

ज्योतिष शास्त्रमा बृहस्पतिलाई ज्ञान, धर्म,सन्तान एवम वृद्धिको कारक मानिन्छ। १३ सेप्टेम्बरको दिन बृहस्पति धनु राशिमा मार्गी हुँदैछ। बृहस्पतिको धनु राशिको मार्गीले सबै १२ राशिमा प्रभाव पार्नेछ।

मेष राशि 

कार्यक्षेत्रमा केहि समस्या चलिरहेको छ भने यो समयमा सबै वाधा हट्नेछ। नोकरी गर्नेहरुको पदोन्नतिको योग रहेको छ। सामाजिक मान-सम्मानमा वृद्धि हुनेछ। सन्तान सम्बन्धि चिन्ताबाट मुक्त मिल्नेछ। विदेश यात्रा गर्न चाहनेको लागि समय अनुकूल रहनेछ।

वृष राशि 

कार्यक्षेत्रमा कुनै प्रकारको षडयन्त्रको सिकार बन्नुहोला, सतर्क रहनुहोला। आर्थिक स्थिति कमजोर रहने देखिन्छ। घर-जग्गा कारोबार गर्नको लागि यो समय उत्तम हुनेछ। यस समयमा कानुनी मामलामा नपर्नुहोला। खराब बनी तथा गलत संगतमा फस्न सक्नुहुनेछ, सावधान रहनुहोला।

मिथुन राशि 

विवाह सम्बन्धि वार्ता सफल हुने देखिन्छ। शारीरिक तथा मानसिक हिसाबले तन्दुरुस्त रहनुहुनेछ। तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। आयका स्रोत बढ्ने सम्भावना छ। ससुराल पक्षबाट शुभ समाचार मिल्नुका साथै भरपूर सहयोग पनि प्राप्त हुनेछ।

कर्कट राशि 

गुप्त शत्रु सक्रिय हुनेछन्। कुनै प्राकरको अशुभ समाचार मिल्न सक्छ। आकस्मिक धन लाभको योग रहेको छ। आर्थिक लेन-देन गर्नको लागि समय अनुकूल छैन। कार्य तथा व्यापार व्यवसायको दृष्टिकोणले समय शुभ रहनेछ।

सिंह राशि 

सरकारी क्षेत्रबाट विशेष सहयोग प्राप्त हुने देखिन्छ। सन्तान सम्बन्धि चिन्ता दूर हुनेछ। आयका साधनमा वृद्धि हुनाले आर्थिक पक्ष मजबूत हुनेछ। परिवारका सदस्य; विशेषगरि दाजु-भाईबाट भरपूर सहयोग मिल्नेछ।

कन्या राशि 

आमा-बुवाबाट आर्थिक लाभ मिल्ने देखिन्छ। मित्र तथा आफन्तसंगको सम्बन्धमा सुधार आउनेछ। अधुरा रहेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुनेछन्। वाहन तथा घर खरिद गर्नको लागि समय उत्तम रहेको छ। सरकारी क्षेत्रमा सफलता मिल्ने देखिन्छ।

तुला राशि 

तपाईंको साहस तथा पराक्रममा वृद्धि हुनेछ। आर्थिक पक्ष मजबूत रहनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसंग प्रशन्न रहनेछन्। धर्म कर्म क्षेत्रमा तपाईंको संलग्न बढ्नेछ। यो अवधि विद्यार्थी वर्गको लागि अत्यन्त शुभ रहनेछ।

वृश्चिक राशि 

खर्चमा वृद्धि हुनेछ तर पनि आर्थिक पक्ष भने मजबूत रहनेछ। जग्गा-जमिन सम्बन्धि कारोबार गर्नको लागि समय अत्यन्त शुभ रहेको छ। स्वास्थ्यमा ध्यान दिन आवश्यक रहनेछ। वाहन सुख प्राप्त हुने सम्भावना छ।

धनु राशि 

स्वास्थ्यमा सुधार देखिनेछ। कानुनी क्षेत्रमा निर्णय तपाईंको पक्षमा आउनेछ। सन्तान सम्बन्धि चिन्ताबाट छुटकारा मिल्नेछ। विवाह सम्बन्धि वार्तालाभ सफल रहने देखिन्छ। केहि समय देखि चलिरहेको मानसिक तनाब पनि दूर हुनेछ।

मकर राशि 

कार्यभार अधिक रहनेछ। खर्चमा वृद्धि हुनेछ। सवारी साधनको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। यात्रा गर्न पनि सतर्क रहनु पर्ने देखिन्छ। व्यर्थको झै-झगडाबाट टाढा नै रहनुहोला। धर्म कर्ममा अत्याधिक व्यय हुनेछ।

कुम्भ राशि 

व्यापार व्यवसायमा बिस्तार हुनेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसंगको सम्बध सुमधुर रहनेछ। विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ रहनेछ। सन्तान सम्बन्धि चिन्ता कम हुनेछ।

मीन राशि 

सरकारी सेवाको लागि आवेदन दिन समय अत्यन्त शुभ रहेको छ। विदेशमा रहेका आफन्तबाट लाभ मिल्ने सम्भावना रहेको छ। मित्र तथा आफन्तबाट भरपूर सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ।

प्रकाशित : शुक्रबार, भदौ २६, २०७७१४:३९

सयौं वर्ष पछि ग्रहचक्रमा यस्तो संयोग, यी राशिको भाग्यमा व्यापक परिवर्तन !