काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यक्षद्धयको प्रस्ताव पारित गरेको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत गरेको प्रस्ताव पारित गरेको हो।
शुक्रबार बिहान ११ बजे देखि बसेको बैठकले करिब ५ घण्टाको छलफल पश्चात पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत गरेको प्रस्ताव पारित गरिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पारित प्रस्तावमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड १९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसी लगायतका विषय छन्।
प्रस्ताव पारित भएसँगै केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने भएका छन्।