जब मेस्सी स्पेनको टोलीबाट खेल्न निकै नजिक थिए …

लियोनेल मेस्सी, खेल जगतको सबैभन्दा ठूलो नाममा पर्छन् अर्जेन्टिनी लियोनल मेस्सी। स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक रूपमा फुटबल खेल्दै आएका लियोनल मेस्सीले आफ्नो देश अर्जेन्टिनाको लागि पहिलो पटक २००५ अगस्ट १७ मा हंगेरी विरुद्द खेलेका थिए। आकाशे निलो र सेतो जर्सीमा उनले अहिलेसम्म १३८ खेल खेल्दै ७० गोल गरेका छन्। तर एक समय यस्तो पनि आएको थियो कि उनी स्पेनको लागि खेल्न एकदम नजिक थिए।

२००१ मा अर्जेन्टिनाबाट स्पेन आएका मेस्सी २००३ मा स्पेनको तर्फबाट यू-१७ विश्व कप फुटबल खेल्ने मौका पाएका थिए। सानै उमेरबाट आफ्नो कुशल खेल शैलीको कारण सबैको नजरमा परेका मेस्सीलाई स्पेनबाट खेलाउनको लागि स्पेनिस फुटबल संघले निकै प्रयास गरेको थियो। त्यो समयमा मेस्सी स्पेनको लागि खेल्न निकै नजिक थिए तर अन्ततः उनले जन्मभूमि अर्जेन्टिनालाई नै प्रतिनिधित्व गर्ने निर्णय गरे।

अहिले मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान छन्। उनी अर्जेन्टिनाको लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। क्लब स्तरबाट हरेक उपाधि जितिसकेका उनले आफ्नो देशको लागि भने अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन्। ६ पटकका ब्यालुन डी’ ओर विजेता लियोनल मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडी मध्य एक मानिन्छन्।

प्रकाशित : शुक्रबार, भदौ २६, २०७७१३:२३

नेयमार कोरोना मुक्त !