फुटपाथ-ठेलागाडा व्यापार बन्द गराउन खोज्ने उपमेयर विरुद्ध खनिए बाबुराम !

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन खोजेको प्रति पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन माग गरेको विषयमा टिप्पणी गर्दै भट्टराईले आपत्ति जनाएका हुन्।

जनताको जीविकोपार्जन र जीवन भन्दा ठूलो कथित शहरी सौन्दर्य नहुने भट्टराईको तर्क छ। फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउने भन्दा पनि छुट्टै ठाउँ तोकेर व्यवस्थित गरिनुपर्ने भट्टराई बताउँछन्।

श्रमिक र विपन्न परिवारको लागि न्यूनतम वेतन बराबरको एकीकृत सामाजिक सुरक्षाभत्ता निम्ति नबोल्ने कसका जनप्रतिनिधि हुन्? भनेर भट्टराईले प्रश्न पनि गरेका छन्।

“यी कसका जनप्रतिनिधि हुन्? जनताको जीविकोपार्जन र जीवन भन्दा ठूलो कथित शहरी सौन्दर्य हुने यिनको कस्तो अमानवीय दृष्टिकोण हो?श्रमिक र विपन्न परिवारकोलागि न्यूनतम वेतन बराबरको एकीकृत सामाजिक सुरक्षाभत्तानिम्ति यी किन बोल्दैनन्? बरू फूटपाथ पसल र ठेला व्यापार निम्ति छुट्टै ठाउँ राखौं न!”,भट्टराईले ट्वीटरमा लेखेका छन्।

प्रकाशित : शुक्रबार, भदौ २६, २०७७१२:५६

“०६२/०६३ सालपछि भ्रष्टाचार मौलायो, कमिसन कानुन बनाएर कारवाही गरौँ”