काठमाडौँ, भदौ २८ । आज साताको पहिलो दिन अर्थात् आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाला सुनको मूल्य ९६ हजार ५ सय कायम भएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार रुपैयामा कायम भएको छ ।
सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो । त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो । त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।