एजेन्सी – हातमा स्याउ लिएर, स्याउ टोक्दै साइकल चलाएर अफिस जाँदै गरेका नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रूटको तस्बिर अहिले संसारभर नै चर्चामा छ। तस्बिरमा देख्न सकिन्छ कि उनी साइकल चडेर अफिस जाँदै छन्, उनको हातमा स्याउ पनि देख्न सकिन्छ।
उनी साप्ताहिक मन्त्रिपरिषद् बैठकका लागि व्यक्तिगत निवासबाट कार्यालय जाँदै गर्दा उक्त तस्बिर खिचिएको उक्त तस्बिर प्रकाशित गर्ने स्थानीय पत्रिकाले जनाएको छ।
डच प्रधानमन्त्री मार्क रूटको उक्त तस्बिर बाहिर आएसँगै ट्वीटर तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा उनको खुब प्रशंसा भइरहेको छ। उनको यस प्राकरको सरलता देखेर मानिसहरु उनको तारिफ नगरी बस्न सकेनन्।
त्यसो त, हल्याण्डको आम जीवनशैलीमा साइकललाई एक अभिन्न अङ्ग जस्तै मानिन्छ। दैनिक रूपमा गरिने आवत-जावतमा लगभग २५ प्रतिशत यात्रा साइकल मार्फत गरिन्छ। नेदरल्याण्डको सरकारी तथ्यांकअनुसार त्यहाँ जनसंख्याको तुलनामा साइकलको सङ्ख्या बढी छ। १ करोड ७१ लाख जनसंख्या रहेको देशमा साइकलको सङ्ख्या भने २ करोड ३० लाख छ।