सयौं वर्ष पछि ग्रहचक्रमा यस्तो संयोग, यी राशिको भाग्यमा व्यापक परिवर्तन !

ज्योतिषीय हिसाबले आजको दिन विशेष रहेको छ। आजको दिन ९ ग्रह मध्य ६ ग्रह आफ्नै राशिमा विद्यमान रहनेछन्। यस्तो संयोग निकै दुर्लभ मानिन्छ। यस प्राकरको संयोग शताब्दियौं सम्म पनि विरलै देख्न सकिन्छ। हिन्दू पन्चांग अनुसार आजको दिनमा सूर्य, चंद्रमा, मंगल, बुध, बृहस्पति र शनि ग्रह सबै आफ्नै राशिमा अवस्थित रहनेछन्। यो संयोगको छुट्टै महत्व रहेको छ।

  • सूर्य- सिंह राशिमा
  • चन्द्रमा- कर्कट राशिमा
  • मंगल- मेष राशिमा
  • बुध- कन्या राशिमा
  • बृहस्पति- धनु राशिमा
  • शनि- मकर राशिमा

सूर्य सिंह राशिमा

ज्योतिषको गणनाको अनुसार सूर्यको हरेक महिना राशि परिवर्तन हुन्छ। अहिले सूर्य आफ्नै राशि सिंहमा स्वस्थित छ जसमा १६ सेप्टेम्बरसम्म रहनेछ। सूर्यको प्राभाव मेष राशिमा उच्च र तुला राशिमा कम रहने मानिन्छ। यदि कसैको जन्मकुण्डलीमा सूर्य शक्तिशाली छ भने उसले राजकीय सुख तथा आनन्द प्राप्त गर्छ।

चन्द्रमा कर्कट राशिमा

 

चन्द्रमाले हरेक साढे दुई दिनमा आफ्नो राशि परिवर्तन गर्छ। ज्योतिषमा चन्द्रमालाई दिमागको कराक भनिएको छ। चन्द्रमाको स्थान वैदिक ज्योतिष गणनामा धेरै महत्त्वपूर्ण मानिन्छ। सेप्टेम्बर १३ मा चन्द्रमा आफ्नै राशि कर्कटमा अवस्थित रहनेछ।

मंगल मेष राशिमा

पृथ्वी पुत्र मानिने मंगल ग्रहको वैदिक ज्योतिषमा धेरै महत्व छ। मंगल ग्रहलाई उर्जाको प्रतीक मानिन्छ। मंगलको प्राभाव मकरमा उच्च र कर्कटमा कम रहने मानिन्छ। मंगल ग्रहलाई सूर्य, चन्द्र र बृहस्पतिको मित्र मानिन्छ, जबकि बुध र केतुसँग भने दुश्मनी सम्बन्ध छ। मंगल आजको दिन आफ्नै स्वामित्व रहेको मेष राशिमा अवस्थित रहनेछ।

बुध कन्या राशिमा

ग्रह मध्य राजकुमारको दर्जा प्राप्त बुध ग्रह पनि आज आफ्नै राशिमा रहनेछ। यस्तोमा, जसको राशि वा जन्मकुण्डली अनुसार बुध केन्द्रित हुनेछ, उनीहरुको लागि पञ्च महापुरुष योग मध्य एक भद्र योग सिर्जना गर्नेछ। यस योगको फल स्वरूप व्यक्ति एक अत्यन्त नम्र, बुद्धिमान, दक्ष वक्ता, एक आत्म-पहिचान गर्ने व्यक्ति, कानूनी, शिक्षक, लेखक, प्रकाशक, बैंकि र बीमा क्षेत्रमा कार्यरत प्रशासक हुनेछ।

बृहस्पति धनु राशिमा

सबै ग्रहहरू मध्य सबैभन्दा शुभ फल दिने ग्रह बृहस्पति सेप्टेम्बर १३ मा आफ्नै राशिमा हुनेछ। बृहस्पतिले लगभग १ बर्षमा आफ्नो राशि परिवर्तन गर्छ। यस समयमा बृहस्पति आफ्नै राशि धनुमा छ। ज्योतिषमा बृहस्पतिलाई धन, सुन र खुशीको कारक मानिन्छ। बृहस्पतिको प्राभाव कर्कटमा उच्च र मकरमा कम हुन्छ। यसको शुभ प्रभावको परिणामस्वरूप गरीब परिवारमा जन्मेका मानिसले पनि आफ्नो ज्ञानको बलमा व्यापारका साथै हरेक क्षेत्रमा उचाई प्राप्त गर्न सफल हुन्छन्।

शनि मकर राशिमा 

वैदिक ज्योतिषमा शनिलाई ढिलो गतिशील ग्रह मानिन्छ। शनिको ज्योतिष गणनामा विशेष महत्त्व रहेको छ। शनि यो समयमा आफ्नै राशि मकरमा छ। यदि कुनै मानिसको कुण्डलीको शुभ भावमा शनि अवस्थित छ भने उसले आफ्नो कार्यक्षेत्रमा सफलताको उचाईमा पुग्न सफल हुन्छन् जबकि यदि कुण्डलीमा शनिको अवस्था खराब छ भने विभिन्न किसिमका कष्टहरू भोग्नु पर्नेछ।

प्रकाशित : आइतबार, भदौ २८, २०७७१२:२३

भोलिदेखि शुरु हुँदै मलमास: एक महिना यस्ता कार्य गर्न हुँदैन !