यस सिजन बार्सिलोना रक्षात्मक हुने कोम्यानको संकेत !

एजेन्सी – बार्सिलोनाका नव नियुक्त रोनाल्ड कोम्यानले यस सिजन क्लब रक्षात्मक हुने संकेत गरेका छन्। बार्सिलोनाको खस्कँदो लयको चर्चा चलिरहेका बेला उनले यस सिजन क्लबले आक्रामक भन्दा पनि रक्षात्मक खेल्ने संकेत गरेका हुन्।

प्रि–सिजनको मैत्रीपुर्ण खेलमा दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेपछि पत्रकारहरुसंग कुराकानी गर्दै कोम्यानले बार्सिलोनाले रक्षात्मकको स्वीकार मात्र गरेनन्, आउने समयमा पनि थप रक्षात्मक खेल्ने संकेत गरे।

“यो हालका वर्षहरूमा देखिएको भन्दा फरक र केही अधिक रक्षात्मक हुन हो। आउने समयमा थप रक्षात्मक खेल्ने कुरा प्राथमिकतामा हुनेछ। बल आफ्नो अधिनमा राख्नु र कब्जा जमाउनुनै मूख्य उद्देश्य हुनेछ।”,उनले भने।

साथै कोम्यानले मिड-फिल्डमा क्रमिक रुपमा सुधार ल्याउने संकेत पनि गरेका छन्। मिडफिल्डर्सहरू सुधारको लागि तयार रहेको र त्यो सम्भव पनि हुने उनको विश्वास छ।

टारागोनामाथि सहज जित

शनिबार राति भएको प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनाले सहज जित हात पार्यो। बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात हात पार्दा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल गरे।

प्रकाशित : आइतबार, भदौ २८, २०७७०९:०२

एम्बाप्पेले पिएसजी छाड्छु भने, रियल-बार्सिलोना सहित यी क्लबको चासो !