नेपाल रेल्वे कम्पनी लिमिटेडलाई कर्मचारी चाहियो, एसएलसी पासले पनि दरखास्त दिन सक्ने ! [सूचना सहित]

काठमाडौँ – नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। सोमबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो। सार्वजनिक सूचनाका अनुसार प्रशासन र प्राविधिक गरी कुल १ सय २९ जनाको लागि दरखास्त आह्वान गरिएको छ।

आह्वान गरिएका पदहरुमा दरखास्त दिन चाहनेहरुले अनलाइन मार्फत दरखास्त दिन सक्नेछन्। त्यसको लागि https://www,nepalrailway.org जानुपर्ने हुन्छ। दरखास्त सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दिन सकिनेछ। दरखास्त दिने अन्तिम मिति असोज १२ गते रहेको छ।

दरखास्त दिन अधिकृत स्तरको पदमा २१ वर्ष र सहायक स्तरको पदको लागि १८ वर्ष उमेर पूरा भई ३५ वर्ष उमेर ननाघेको, महिलाको हकमा ४० वर्ष उमेर ननाधेको, नेपाल रेल्वे कम्पनी लि.को पूर्व कर्मचारीहरूको हकमा ५५ वर्ष उमेर ननाघेको हुनुपर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार अधिकृत स्तरको प्रत्येक विज्ञापनका लागि रु.१०००।- (एक हजार), सहायक स्तरको प्रत्येक विज्ञापनका लागि रु.४००।-(चार सय) र श्रेणीविहिन स्तरको प्रत्येक विज्ञापनका लागि रु. ३००- (तीन सय) दस्तुर तिर्नुपर्नेछ।

दरखास्त दिएका मध्येबाट शैक्षिक योग्यता, कार्य अनुभव तथा अन्तर्वार्ताको माध्यमबाट कर्मचारी छनौट हुनेछन्।

दरखास्त फाराम साथ अपलोड गर्नुपर्ने कागज्ञातहरू :
क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
ख) न्यूनतम शैक्चिक योग्यताको लब्धाङु पत्रको प्रतिलिपि (नेपाल बाहिरको प्रमाणपत्रको हकमा समकक्षता निर्धारण गरिएको प्रमाण) |
ग) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ।
घ) माथिल्लो योग्यता भएमा सोको लब्बाङकु पत्र र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि ।
ङ) तालीम तथा कार्य अनुभव भएमा श्रेणी तथा अवधि खुल्ने प्रमाणपत्रको प्रतिलिपि । तालीम लिएका तथा अनुभवीलाई ग्राष्यता दिइनेछ ।
च) हालसालै खिचिएको पासपोर्ट साइजको फोटो

प्रकाशित : सोमबार, भदौ २९, २०७७०३:१२

हिजो घटबढ नभएको सुनको मूल्य आज बढ्यो !