काठमाडौँ – आइतबार स्थित रहेको सुनको मूल्य सोमबार बढेको छ। सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैंयाले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य ९६ हजार ९ सय कायम भएको छ। जबकी आइतबार छापवाला सुन ९६ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९६ हजार ४ सय कायम भएको छ। सुनको मूल्यले साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय २० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।