यी ३ खेलाडी जसको लियोनल मेस्सीका कारण करियर बिग्रियो

फुटबल इतिहासका महान तथा उत्कृष्ट खेलाडी मध्य एक हुन् लियोनल मेस्सी। १३ वर्षको उमेर देखि बार्सिलोनाबाट खेल्दै आएका मेस्सी बार्साका सर्वोत्कृष्ट खेलाडी मानिन्छन्। क्लब जीवनमा उनले हरेक उपाधि जितिसकेका छन् भने थुप्रै व्यक्तिगत पुरस्कार पनि प्राप्त गरेका छन्, जस्तै; ब्यालुन डी’ ओर, गोल्डेन बुट, फिफा बेस्ट प्लेयर इत्यादि।

मेस्सीको कारणले केहि खेलाडीको खेल जीवन बर्बाद पनि भएको छ। मेस्सी जस्तो उत्कृष्ट प्रतिभा भएका खेलाडीको उत्कृष्ट खेल निकाल्नको लागि सबै प्रशिक्षकले मेस्सीलाई खेल मैदानमा स्वतन्त्रता प्रदान गर्नु आवश्यक थियो। यसै कारणले कतिपय खेलाडीले आफ्नो न्याचुरल पोजिसन छोड्नु पर्यो। मेस्सीलाई आवश्यक स्वतन्त्रता दिनको लागि कोचहरुले आफ्नो कार्यनीतिमा परिवर्तन तथा समायोजनहरू गर्नुपर्‍यो। यसै कारणले बार्सिलोनामा आएर केहि खेलाडीको खेल जीवन नै प्रभावित भयो।

विशेषगरी यी ३ खेलाडीको करियरमा मेस्सीको कारणले ठूलो धक्का पुगेको थियो…

ज्लाटान इब्राहिमोभिक  

पूर्व पेरिस सेन्ट-जर्मेन स्ट्राइकरले आफ्नो अटो-बायोग्राफीमा पनि स्वीकार गरेका छन् कि बार्सिलोनामा उनको क्यारियरमा लियोनेल मेस्सी र पेप गार्डियोलाको कारण अवरोध पुगेको थियो।

“मेस्सी विंगमा नभएर स्टाइकरको रूपमा खेल्न चाहन्थे। त्यसैले, खेल प्रणाली ४-३-३ बाट ४-५-१ मा परिवर्तन गरियो। त्यहि कारण मैले आफ्नो न्याचुरल पोजिसन त्याग्नु पर्यो।” ब्लिचर रिपोर्टका अनुसार ज्लाटानले मेस्सीले ‘फल्स ९’ चाहेको कुरामा यो बताएका थिए। त्यसैले पनि इब्राहिमोभिकले बार्सिलोनाबाट एक सिजन भन्दा खेलेनन्।

अलेक्सिस सान्चेज 

इन्टर मिलानका फरवार्ड बार्सिलोनाको लागि अनुबन्ध भएको समयमा निकै उत्कृष्ट प्रतिभा भएका खेलाडी थिए। तर उनलाई न त्यति धेरै महत्व दिइयो न क्लबको भविष्यको रूपमा हेरियो। निकै फुर्तिला र प्रतिभावान खेलाडी सान्चेजले बार्सिलोनामा आफ्नो दक्षता देखाउने स्वतन्त्रता पाएनन्।

२०१३-१४ सिजनमा जब मेस्सी चोटग्रस्त थिए सान्चेजलाई फ्री रोलमा खेलाइयो। त्यो सिजन उनले आफ्नो पूरा क्षमता देखाए र लिगमा १९ गोल गर्नुका साथै थप १२ असिस्ट पनि दिए। तर अन्य समय उनी बढी डिफेन्सिभ भूमिकामा मात्र सीमित। सन् २०१४ मा सान्चेज आर्सनलको साथमा अनुबन्ध भए।

फिलिपे कौटिन्हो

कौटिन्हो बार्सिलोनामा स्थानान्तरण र उनी अपेक्षामा खारा उत्रिन नसक्नु एक विवादास्पद विषय रहेको छ। बार्सिलोमामा आउनु भन्दा पहिला कौटिन्हो लिभरपुलका प्रमुख खेलाडी थिए। तर बार्सामा उनी स्टार म्यान थिएनन्। एनफिल्डमा उनको भूमिका थियो खेलको पेस नियन्त्रण गर्नु र गोलका मौका सिर्जान गर्नु थियो। तर बार्सिलोनामा यो भूमिका मेस्सीको थियो। त्यसैले, कौटिन्होलाई बार्सिलोनामा बढी डिफेन्समा योगदान पुर्‍याउले भूमिका दिइयो, जुन उनको खेलको विपरित थियो।

कौटिन्होको खेल शैली मेस्सीको जस्तै भएकै कारणले पूर्व इन्टर मिडफिल्डरले बार्सिलोनामा खास प्रभाव छाड्न सकेनन्। तर अब नयाँ प्रशिक्षक रोनाल्ड कोमनको प्रशिक्षणमा उनले आफ्नो न्याचुरल पोजिसनमा खेल्न पाउन सक्ने सम्भावना छ।

प्रकाशित : सोमबार, भदौ २९, २०७७१३:११

कमाईमा रोनाल्डोलाई मेस्सीले पछि पारे !