बार्सिलोनामा मेस्सीको भूमिका पहिला जस्तो नहुने !

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको बार्सिलोनामा पहिला भन्दा कम भूमिका रहने चर्चा हुन थालेको छ। क्लबमा नयाँ प्रशिक्षकको रुपमा रोनाल्ड कोम्यान आएसँगै मेस्सीको भूमिका कम हुने चर्चा शुरु भएको हो।

मेस्सीले क्लब छाड्ने मनसाय बनाइसकेको हुँदा पहिला भन्दा भूमिका कम गराउने बार्सिलोनाले रणनीति लिएको बताइन्छ। यस सिजन क्लब छाड्ने योजनामा रहेका उनी कम्तिमा यस सिजन बार्सिलोनामै रहने भएका छन्। तर, अर्को वर्ष भने उनी अन्यत्र जाने लगभग निश्चित जस्तै छ।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार, यहि कारणले गर्दै मेस्सीको क्लबमा भूमिका सिमित बनाउने क्रमिक तयारी चलिरहेको छ। यस भन्दा अगाडी मेस्सी प्रशिक्षक बराबरकै भूमिकामा रहने गरेका थिए। साथै खेलाडी किन्ने बेच्ने लगायतका कार्यहरुमा पनि क्लबले मेस्सीको राय लिने गरेको थियो। तर, अब भने त्यस्तो हुने छैन।

क्लब छाड्ने निर्णयबाट ब्याक भएका मेस्सी पछिल्लो पटक प्रि–सिजनको मैत्रीपुर्ण खेल देखा परेका थिए। त्यस खेलमा बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको थियो। मेस्सी त्यस खेलमा ४५ मिनेट मात्रै मैदानमा रहेका थिए।

प्रकाशित : सोमबार, भदौ २९, २०७७१०:११

यी ३ खेलाडी जसको लियोनल मेस्सीका कारण करियर बिग्रियो