मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

परिवारका सदस्यका साथ मदभेद हुनसक्छ। मनमा ग्लानिको भावना रहला। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ। छाती दुखाईको समस्याले भने सताउन सक्छ। अनावश्यक खर्च बढ्नेछ। यात्रा को योग रहेको छ। अनावश्यक वाद-विवादबाट टाढा नै रहनुहोला।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

हरेक कार्यमा सफलता मिल्नेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। सामाजिक मन-सम्मान मिल्नेछ। मध्यान्हपछि भने भागदौड गर्नु पर्ने हुनसक्छ। अनुकूल परिस्थिति प्रतिकूल बन्न सक्छन्। मानहानि हुने सम्भावना रहेको छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
शारीरिक तथा मनासिक अस्वस्थताको अनुभव गर्नुहुनेछ। अनावश्यक धन खर्च हुनेछ। विद्यार्थी वर्गको लागि समय अनुकूल छैन। मध्यान्हपछि मित्रसँगको भेटले मन प्रशन्न रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। भाग्य वृद्धिको योग रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आफन्त तथा मित्रसँग रमणीय भेट हुने देखिन्छ। मध्यान्हपछि भने परिवारमा नकारात्मक वातावरण रहला। वाणी तथा क्रोधमा संयम राख्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आफन्तसँग मनमुटावको स्थिति सिर्जान हुनसक्छ। खर्चमा वृद्धि हुनेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। मध्यान्हपछि भने परिस्थिति अनुकूल रहनेछ। नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

व्यापार व्यावसायमा विशेष लाभ मिल्नेछ। स्त्री वर्गबाट लाभ मिल्नेछ। यात्राको योग बन्नेछ। मध्यान्हपछि भने मन चिन्तित रहनेछ। आफन्तसँग मदभेद हुनसक्छ। स्वास्थ्यमा समस्या आउनसक्छ। खर्चमा वृद्धि हुनेछ। क्रोध तथा वाणीमा संयम राख्न जरूरी देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

धर्म कर्ममा मन लाग्नेछ। कार्यक्षेत्रमा विशेष लाभ मिल्नेछ। उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्। पदोन्नती मिल्ने सम्भावना रहेको छ। प्रिय व्यक्तिसँगको भेटआले मन प्रशन्न रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। रमणीय यात्राको योग बन्नेछ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शारीरिक तथा मानसिक रूपले स्वास्थ्य राम्रो रहनेछ। प्रिय व्यक्तिसँग भेटघाट गर्ने अवसर मिल्नेछ। यात्राको योग बन्ने देखिन्छ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। उच्च पदाधिकारीको प्रत्साहन मिल्नेछ। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

नयाँ कार्य सुरु गर्नको लागि समय उत्तम रहनेछ। मनमा हतासा तथा ग्लानिको भावना उत्पन्न हुनेछ। परिवारका सदस्यको साथ मनमुटाव हुनसक्छ। क्रोधमा संयम राख्नुहोला। मध्यान्हपछि स्वास्थ्यमा सुधार आउनेछ। धार्मिक यात्राको योग बन्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

आफन्त तथा मित्रसँग आनन्दमय रूपले समय बित्नेछ। कार्यक्षेत्रमा सहकर्मीको भरपूर सहयोग मिल्नेछ। व्यापार क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। मध्यान्हपछि भने स्वास्थ्यमा समस्या आउनसक्छ। परिवारमा वाद-विवाद उत्पन्न हुनसक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईंको लागि यस दिन शुभ रहनेछ। व्यापार गर्नेहरुको लागि समय अनुकूल रहनेछ। शारीरिक तथा मानसिक रूपले स्वस्थ रहनुहुनेछ। मनोरंजन क्षेत्रमा खर्च हुनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहने देखिन्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आकस्मिक धन खर्च हुनेछ। शारीरिक रूपले अस्वस्थ रहनुहुनेछ। मनमा अशान्तिको भावना छाउनेछ। मध्यान्हपछि आनन्दमय तथा शान्तिपूर्ण वातावरण बन्नेछ। व्यावसायिक क्षेत्रमा लाभ मिल्ने सम्भावना रहेको छ।

