काठमाडौँ – कोरोना महामारीका कारण सबै भन्दा बढी पिडित कोहि छन् भने, ती गरिब जनता र विभिन्न रोगबाट ग्रसित बिरामी हुन्। कोरोना महामारीका कारण जनताले गाँस मात्र गुमाएका छैनन्, आर्थिक अभावमा उपचारबाट वन्चित पनि भइरहेका छ।
यस्तै कोरोनाका कारण वीरेन्द्रनगर १२ बस्ने शिला नेपालीलाई पनि पर्नु समस्या परेको थियो। विगत केहि महिना देखि पित्त थैलिमा पत्थरि भएपछि झनै समस्या थपिएको थियो।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी उनी आर्थिक अभावमा रोग पालेरै बस्न बाध्य थिइन्। केहि महिना उनले रोग दबाएरै राखिन्, पिडा पेनकिलरले साम्य पारिन्। तर, भदौ महिनाको शुरुवात देखि भने दुखाई कम गर्ने सुईले काम गर्न छाड्यो। अस्पताल जाँदा अप्रेशन गर्नुपर्ने र खर्च ३० हजार लाग्ने बताइयो। जसपश्चात उनी उपचारै नगरी फर्किइन्।
आर्थिक अभावमा उपचार पाउन नसकेको खबर समाजसेवी हरि विष्ट सम्म पुग्यो। यस भन्दा अगाडी पनि धेरैलाई सहयोग गरिसकेका विष्टले नेपालीलाई अस्पताल पुर्याइ उपचार गराए।