कुलमानको समर्थनमा माइतीघरमा नाराबाजी [भिडियो]

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै राजधानीमा नाराबाजी भएको छ।

सोमबार साँझ माइतीघरमा भेला भएका युवाहरुले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै नाराबाजी गरेका हुन्।

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य गर्न प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बनेका घिसिङको समर्थनमा नाराबाजी गर्दै युवाहरुले सरकारलाई गल्ति नगर्न चेतवानी दिएका छन्।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ। चार वर्ष अगाडी भदौ २९ गतेका दिन कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका उनको कार्यकाल सकिएको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार पारेको बताइएपनि थप प्रक्रिया भने अगाडी बढेको छैन।

बताइएअनुसार, कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भइसकेको छन्।

प्रकाशित : सोमबार, भदौ २९, २०७७१३:४२

कुलमानको विषयमा मन्त्रिपरिषद्मा !