काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान सरकारलाई लाटोबुंगोको संज्ञा दिएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त नगरेको र नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको विषयमा टिप्पणी गर्दै भट्टराईले वर्तमान सरकारलाई लाटोबुंगोको संज्ञा दिएका हुन्। ओली सरकार जे गर्नु भन्यो, त्यो नगर्ने र जे नगर्नु भन्यो, त्यो गर्ने लाटोबुंगो जस्तै भएको उनको बुझाई छ।
“कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो ! ओली सरकार त्यसैको अवतार जस्तो छ।”,भट्टराईले ट्वीट गर्दै भनेका छन्।
आम नेपालीले राष्ट्रियसभा नलैजाऊ भनेको व्यक्तिलाई राष्ट्रियसभा लैजाने निर्णय गर्नु र जनताले पुनः नियुक्ति गर भनेको व्यक्तिलाई नियुक्ति नगरिनुलाई भट्टराईले लज्जास्पद भनेका छन्।
“आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ!लाजमर्दो”,भट्टराईले लेखेका छन्।
कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो!ओली सरकार त्यसैको अवतार जस्तो छ।आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने तिनलाई लाने भएछ तर लोडसेडिंग अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ!SHAME!
— Baburam Bhattarai (@brb1954) September 14, 2020