काठमाडौँ – हप्ताको तेस्रो दिन आज पनि सुनको मूल्य बढेको छ। सोमबार बढेको सुनको मूल्य मंगलबार पनि बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाले बढेको हो। आज छापावाला सुन ९७ हजार ५ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले बढेको छ। आज तेजाबी सुनको मूल्य ९७ हजार कायम भएको छ।
यस अगाडी सोमबार सुनको मूल्य तोलामा ४ सयले बढेको थियो। जससँगै मूल्य सुनको मूल्य ९६ हजार ९ सय र तेजाबी सुनको मूल्य ९६ हजार ४ सय कायम भएको थियो।
साउन महिनामा रेकर्ड बनाएको थियो। त्यस समयमा सुनको मूल्य लाख कटेर १ लाख ३ हजार ५ सय सम्म पुगेको थियो। त्यस यता सुनको मूल्य लगातार घटबढ हुँदै आएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ४० मा कारोबार भइरहेको छ।