काठमाडौं, सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर अर्को भूकम्पको परकम्प गएको छ। राम्चे केन्द्रविन्दु भइ आज बिहान ६ बजेर १० मिनेटमा दोस्रो ३. ८ म्याग्नेच्युडको भूकम्प रेकर्ड भएको राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको भूकम्पको धक्का रेकर्ड गरिएको थियो। यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो । विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।