हींगको पानीको यस्ता फाइदा, मधुमेह देखि वजन कम गर्न हुन्छ लाभदायक !

हींग विशेष गरी खानाको स्वाद र बासनाको लागि प्रयोग गरिन्छ। यसलाई पेटको लागि पनि धेरै लाभदायक मानिन्छ। हींगमा एन्टी-भाइरल, एन्टी-इन्फ्लेमेटरी र एन्टि-ब्याक्टेरियल गुण हुन्छ जुन हाम्रो स्वास्थ्यको लागि धेरै लाभदायक हुन्छन्।

हींगले सेवनले हाम्रो पाचन शक्ति शक्ति मजबूत बनाउँछ। त्यस्तै, हींग पानी पिउँदा अरू थुप्रै फाइदा मिल्छ। हींग पानी पिउनुका केहि फाइदा बारे जान्नुहोस्..

वजन घटाउन सहयोगी 

हींगले शरीरको मेटाबोलिज्म बढाउँनुका साथै शरीरमा अतिरिक्त बोसो जम्न दिँदैन। यस कारणले हींगको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ। हींग पानीले पेटको पी.एच स्तर पनि नियन्त्रण गर्न मद्दत गर्छ।

कब्जियतको समस्याबाट छुटकारा 

हींगको प्रयोग कब्जियतको समस्याको लागि पनि लाभदायक हुन्छ। त्यसको लागि राति सुत्नु अघि हींग पाउडर पानीमा मिलाएर पिउनुहोस्। यसले पेट सफा राख्न मद्दत गर्छ।

भोक नलाग्ने समस्याबाट छुटकारा 

यदि तपाईंलाई भोक नलाग्ने समस्या छ भने खाना खानु अघि घिउमा हींग भुट्नुहोस्। त्यसपछि भुटेको हींगलाई अदुवा र मक्खनको साथ मिलाएर सेवन गर्नुहोस्। यसो गर्नाले भोक नलाग्ने समस्याबाट छुटकारा पाउनुहुनेछ।

कान दुख्ने समस्या दूर गर्न 

यदि तपाई कानको दुखाइबाट पीडित हुनुहुन्छ भने तिलको तेलमा हींग तताउनुहोस्। अब तताएको तेल र हींगको मिश्रणको एक वा दुई थोपा कानमा हाल्नुहोस्, केहि समयमा नै कानको दुखाइ पूर्ण रूपमा निको हुनेछ।

मधुमेह नियन्त्रण गर्न 

हींगको पानीले मधुमेह नियन्त्रण गर्न मद्दत गर्छ। दैनिक रूपमा एक चिम्टी हींग तातो पानीमा मिलाएर सेवन गर्दा मधुमेह नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७१३:५१

के तपाईको बच्चा पनि स्तनपान गर्न गार्हो मान्छ? कतै यस्तो समस्या त छैन?