कुलमान घिसिङको पक्षमा राजधानीमा प्रदर्शन, कुलमानको पुनः नियुक्तिमा ढिलाई नगर्न चेतवानी !

काठमाडौँ – चार वर्षे कार्यकाल सकिएपछि बिदा भएका कुलमान घिसिङको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ।

चार वर्षे कार्यकाल सकिएपछि बिदा भएका कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै जोरपाटी र बालाजुमा प्रदर्शन भएको हो।

बालाजु माछापोखरी र जोरपाटीमा जम्मा भएका नागरिकहरुले कुलमान घिसिङको समर्थनमा चर्को नाराबजी गरेका छन्। प्रदर्शनमा सहभागी भएका नागरिकहरुले सरकारले कुलमानमाथि न्याय गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए। राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागी भएका युवाहरुको समूहले कुलमानको पुनः नियुक्तिमा सरकारले ढिलाई गरेको आरोप लगाएका थिए।

यस अगाडी सोमबार साँझ माइतीघरमा भेला भएका युवाहरुले नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गर्दै नाराबाजी गरेका थिए।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ। चार वर्ष अगाडी भदौ २९ गतेका दिन कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका उनको कार्यकाल सकिएको हो।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०६:०६

हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजपरिवार सदस्यसहितको टोलि !