कुलमानका समर्थक माथि प्रहरीले पानीको फोहोरा हान्यो, माइतीघरबाट लखेट्यो !

काठमाडौँ – चार वर्षे कार्यकाल सकिएपछि बिदा भएका कुलमान घिसिङको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ।

चार वर्षे कार्यकाल सकिएपछि बिदा भएका कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको हो।

कुलमान घिसिङको समर्थनमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ् भने पानीको फोहोरा पनि हानिएको छ।

बुधबार नै कुलमानको समर्थनमा जोरपाटी र बालाजुमा पनि प्रदर्शन भएको थियो। बालाजु माछापोखरी र जोरपाटीमा जम्मा भएका नागरिकहरुले कुलमान घिसिङको समर्थनमा चर्को नाराबजी गरेका थिए।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ। चार वर्ष अगाडी भदौ २९ गतेका दिन कार्यकारी निर्देशकको रूपमा नियुक्ति पाएका उनको कार्यकाल सकिएको हो।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७०९:०८

खिन्न भए गायक अमृत गुरुङ : भने – ‘राम्रो गर्ने ईर्ष्याको शिकार हुने परिपाटी शुरू भएको हो?’