ज्योतिष शास्त्रमा जब सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ, यसलाई संक्रान्ति भनिन्छ। बुधबार साँझ ७ बजेर ३८ मिनेट पश्चात तारिकमा सूर्य कन्या राशिमा प्रवेश गरेको छ । ज्योतिषमा यसलाई कन्या संक्रान्ति भनिन्छ। सूर्यको कन्या राशिमा गोचर असोज महिनामा हुने भएकोले यसलाई असोज संक्रान्ति पनि भनिन्छ।
सूर्य र बुध ग्रहको मिलन
बुध उक्त राशिमा पहिले नै अवस्थित छ। सूर्य सिंह राशिबाट कन्या राशिमा प्रवेश गरेसँगै सूर्य र बुधको मिलन भएको छ । जसकारण कन्या राशिमा बुधादित्य योग बनेको छ ।
यी क्षेत्रमा पर्नेछ शुभ-अशुभ प्रभाव
कन्या संक्रान्ति व्यावासायिकहरूका लागि धेरै फाइदाजनक हुनेछ। यो रू समयमा प्रगति र नाफाको राम्रो अवसर प्राप्त गर्नेछन्। त्यस्तै यदि देशको राजनीतिको कुरा गर्दा यस महिनामा राजनीतिक सत्तापक्ष र विपक्षीबीच ठूलो गर्मागर्मी पैदा हुन सक्छ। सरकारले अर्थव्यवस्थामा सुधार ल्याउने कोशिस गर्न सक्छ। अर्थतन्त्रमा सुधारको गति द्रुत गतिमा हुनेछ, तर भूमिस्तरमा बढ्दो बेरोजगारीका कारण जनतामा सरकारतर्फ रोष व्याप्त रहन्छ। तर सूर्य को अनुकूल स्थिति को कारण जनता क्रोधित हुँदैनन्, शान्त रहेर सरकारी गतिविधिहरु लियाल्छन्।
कन्या राशिमा सूर्यको प्रभाव
कन्या राशिका मानिसको समाजमा मान-सम्मान बढ्नेछ। पदोन्नती मिल्न सक्छ। यस अवधिमा शुभ समाचार प्राप्त हुनसक्छ। साथै अन्य क्षेत्रमा पनि सुखद परिणामहरु मिल्नेछ। रोजगारको खोजीमा रहेकालाई लाभ मिल्नेछ। कन्या राशिमा सूर्यको आगमन वैवाहिक जीवनको लागि धेरै अनुकूल नरहला। जीवनसाथीसँग विवादको स्थिति सिर्जना हुनसक्छ।
सूर्य देवलाई प्रशन्न पार्ने उपाय
आइतबार सूर्यलाई जल अर्पण गर्नुहोस्। कन्या संक्रान्तिको दिन दान गर्नुहोस्। बुबाको सेवा गर्नुहोस्। खराबी र कुनै पनि गलत आचरण त्याग्नुहोस्। यसो गर्नाले तपाईंमा सूर्य भगवानको कृपा रहिरहन्छ। समाजमा तपाईंको मान-सम्मान बढ्नेछ।