काठमाडौँ : अधिकांस मानिस बिहानै कपाल धुन झिझार मान्छन् र बेलुका नै कपाल धोएर सुत्छन्। तर तपाईलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ कि बेलुका कपाल धुनु तपाईको लागि नोक्सानदायक हुन्छ। राति कपाल चिसो नै राख्नु या टाउको धुनु हरेक दृष्टिकोणबाट गलत हो। यसो गर्दा तपाईको कपाल र कपालको जरा दुवै कमजोर हुन्छ।
यदि तपाई नुहाएर कपाल चिसो हुँदाखेरी नै सुत्नुहुन्छ भने तपाई सुत्दा दायाँबाया कोल्टे फेर्दा तपाईको कपाल टुक्रिन सक्छ। जब कपाल चिसो हुन्छ त्यतिबेला कपालको क्युटिकल अलि माथि उठ्छ र कपाल टुट्नुको कारण बन्छ।
यस बाहेक राति कपाल धुँदा एक अर्को नोक्सान पनि हुन्छ। राति कपाल धुँदा कपाल राम्ररी सुक्न पाउँदैन र यसले अलग-अलग आकार लिन्छ। जसको कारण बिहान उठेर हेर्दा तपाईले आफ्नो कपालको टेक्सचर खराब पाउनुहुन्छ।
प्राय: अधिकांस महिलाहरु राति कपाल धोएपछि काईयो लगाउन जरुरी ठान्दैनन्। जसको कारण कपालमा गाँठो पर्छ र अर्को दिन तपाई कपाल तानी-तानी मिलाउन खोज्नुहुन्छ। फलस्वरूप कपालको इलास्टिसिटीमा परिवर्तन आउँछ। र कपाल झर्ने समस्या हुन् लाग्छ।
चिसो कपाल र स्काल्पसँगै सुत्दा कपालमा फंगस बढ्ने, कपाल झर्ने र कपालमा संक्रमण हुने जस्ता समस्या हुन् सक्छ। चिसो कपालको कारण फंगल ग्रोथ तीव्र हुन्छ।
राति कपाल धुँदा रुघाखोकी या एलर्जी लगायतका समस्यासँगै टाउको दुख्ने र टाउको भारी हुने लगायतका समस्याहरु देखिन सक्छ। कपाल चिसो हुँदा टाउको ठण्डा हुन्छ तर शरीर भने तातो हुन्छ। जसको कारण शरीरबीच तापको असन्तुलन हुन्छ। त्यस्तै लामो समयसम्म कपाल चिसो नै राख्दा टाउको दुख्ने समस्या हुन् सक्छ।
अब तपाई सोच्दै हुनुहुन्छ होला कि त्यसोभए हामी के गर्ने त। राति निर्धक्कको साथ कपाल धुनुहोला तर कपाल राम्ररी नसुकाईकन् बिल्कुलै नसुत्नुहोला। कपालको चमक कायम राख्ने र कपाललाई बलियो बनाउन कन्डिसनर प्रयोग गर्नुहोला।