सरकारले डिजेल र मटितेलको मूल्य घटायो !

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य घटाएको छ। नेपाल आयल निगमको बुधबार बसेको बैठकले डिजेल र मटितेलको मूल्य घटाउने निर्णय गरेको हो।

बुधबार बसेको बैठक डिजेल र मटितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाउने निर्णय गरेको नेपाल आयल निगमले जनाएको छ। मूल्य घटेसँगै अब डिजेल र मटितेलको मूल्य लिटरको ९० रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनले पाठएको नयाँ मूल्य सूची पठाएको र त्यसकै आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

घटेको मूल्य बुधबार राति बाट लागू हुनेछ। डिजेल र मटितेलको मूल्य घटेपनि अरू पेट्रोलियम पदार्थको मूल्य पनि पूरानै कायम हुनेछ।

प्रकाशित : बुधबार, भदौ ३१, २०७७१४:२४

चन्द्रागिरि केबलकार भोलिदेखि चल्ने !