‘कुलमानको प्रस्ताव प्रधानमन्त्री कार्यालयमा, नियुक्त हुनेमा उच्च सम्भावना’

काठमाडौँ – ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन (अनन्त)को सचिवालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त गर्ने प्रस्ताव विचाराधीन रहेको जानकारी गराएको छ।

ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाइँले बिहिबार बिहान नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्ने बारेकोको प्रस्ताव विचाराधीन रहेको जानकारी गराएका हुन्।

प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै उक्त प्रस्तावमाथि मन्त्रिपरिषदले छिट्टै निर्णय हुनेमा चापागाइँले आशा व्यक्त गरेका छन्।

‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका सन्दर्भमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुन अनन्तज्यूले गत सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई आगामी चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्ति गर्न प्रस्ताव पेश गर्नुभएको र हाल उक्त प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विचाराधीन अवस्थामा रहेको छ’, ऊर्जामन्त्री पुनको प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाइँले बिहीबार विहान भनेका छन्, ‘अतः प्राधिकरणको आवश्यकता र आम जनचाहनालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्ले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा गर्दछु ।’

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमानको चार वर्षे कार्यकाल सकिएपछि उनको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन भएका छन्। बुधबार बिहानै देखि कुलमानको समर्थनमा प्रदर्शन भएका थिए भने राति राजधानीमा राँके जुलुस समेत निकालिएको थियो।

प्रकाशित : बिहिबार, असोज ०१, २०७७०५:४९

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला !