राष्ट्रियसभा सदस्य बन्दा बामदेव मख्ख, अब पाउने भए यति धेरै तलब र भत्ता ![हिसाब-किताब सहित]

sf7df8f}F ! c;f]h /fli6«o;ef cWoIf u0f]]zk|;fb ltdlN;gfn] laxLaf/ l;+xb/af/df /fli6«o;ef ;b:odf dgf]lgt jfdb]j uf}tdnfO{ kb tyf uf]klgoftfkl5 ;+;bsf] nf]uf] k|bfg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभा सदस्यको रुपमा सपथ लिएका छन्। बिहिबार राष्ट्रियसभा सदस्यमा मनोनित भएका नेकपा नेता बामदेवले बिहिबारनै पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदा गौतम दंग देखिएका थिए।

बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिशमा प्युठान, दाहाक्वारी १–का वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेकी थिइन्।

गौतमलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। जस अनुरुप नै गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको हो। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने उक्त पद गत फागुनदेखि नै रिक्त थियो।

उक्त पदलाई लिएर नेकपाका विवाद समेत भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पद भर्खरै बिदा भएका अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई राख्न चाहेका थिए। तर, बामदेवले राष्ट्रिय सभा जान जिद्दी गरेपछि खतिवडालाई बिदा गरेर गौतमलाई मनोनीत गरिएको हो।

गत निर्वाचनमा गौतम बर्दिया क्षेत्र नं १ मा बाम गठवन्धनबाट उम्मेदवार थिए भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित गरेका थिए।

अब गौतमले के-के पाउँछन् सुविधा ?

sf7df8f}F ! c;f]h /fli6«o;ef cWoIf u0f]]zk|;fb ltdlN;gfn] laxLaf/ l;+xb/af/df /fli6«o;ef ;b:odf dgf]lgt jfdb]j uf}tdnfO{ kb tyf uf]klgoftfkl5 ;+;bsf] nf]uf] k|bfg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

राष्ट्रियसभा सदस्य भएसँगै गौतमले अब प्रत्यक महिना ६४ हजार ७० रूपैयाँ तलब पाउनेछन्। साथै धारा र बिजुलीको लागि २ हजार र टेलिफोन सुविधाबापत ३ हजार गरी हरेक महिना ५ हजार रूपैयाँ पनि पाउनेछन्।

काठमाडौँमा घर नहुने सांसदले १८ हजार भत्ता पाउने व्यवस्था छ। तर, गौतमको काठमाडौँमा घर छ। जस कारण उनले उक्त शिर्षकमा ९ हजार भत्ता मात्र पाउनेछन्। साथै उनले मासिक १ हजार विशेष भत्ता पाउनेछन्। यो सबै जोड्दा ७९ हजार ७० हुन आउँछ।

यसको अलावा संसद र संसदीय समिति बैठक बसेको दिन १ हजार रूपैयाँ बैठक भत्ता र १ हजार रूपैयाँ पारवहन खर्च पाउनेछन्।

प्रकाशित : बिहिबार, असोज ०१, २०७७१४:३७

निमुखाको भरोसा बन्दै डा. केसी