एजेन्सी – यूईएफए च्याम्पियन्स लिग पोजिसनल अवार्ड २०१९/२० को मनोनयन सूची सार्वजनिक भएको छ। च्याम्पियन्स लिगको सिजन २०१९ र २०मा खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा मनोनयन सूची सार्वजनिक भएको हो।
सार्वजनिक भएको सूचीमा बार्यन म्युनिखका खेलाडीहरुको वर्चस्व छ। मनोनयन सूचीमा म्युनिखका मात्रै ७ खेलाडी परेका छन्। फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मनलाई हराउँदै यूईएफए च्याम्पियन्स लिग जितेको बार्यन म्युनिखका खेलाडीहरु सबै शिर्षकमा मनोनित भएका छन्।
मनोनयन सूची निम्न छ –
गोलरक्षक
केलर नाभास (कोस्टारिका– पेरिस सेन्ट जर्मेन)
म्यानुएल नुएर ( जर्मनी– एफसी बार्यन म्युनिख)
जान ओब्लाक (स्लोभानिया– एथ्लेटिको दि मड्रिड)
डिफेन्डर
डेभिड अल्बा (अस्ट्रिया– एफसी बार्यन म्युनिख)
अल्फान्सो डेभिस (क्यानाडा– एफसी वार्यन म्युनिख)
जोसुवा किमिच ( जर्मनी– एफसी वार्यन म्युनिख)
मिडफिल्डर
थियागो अल्कान्टारा (स्पेन– एफसी वार्यन म्युनिख)
केभिन डि ब्रुएन (बेल्जियम– म्यानचेष्टर सिटी)
थोमस मुलर (जर्मनी– एफसी वार्यन म्युनिख)
फरवार्ड
रोबर्टो लेवान्डोस्की (पोल्यान्ड– वार्यन म्युनिख)
केलियन एम्पापे (फ्रान्स– पेरिस सेन्ट जर्मेन)
नेयमार (ब्राजिल– पेरिस सेन्ट जर्मेन)
मनोनयन सूची तयार पार्ने प्रक्रियामा च्याम्पियन्स लिग २०१९-२०मा सहभागी भएका ३२ वटै क्लबका प्रशिक्षक, ५५ पत्रकार र यूईएफका ५५ सदस्य सहभागी थिए। सो क्रममा प्रशिक्षकहरूले आफ्ना क्लबका खेलाडीलाई भोट गर्ने अनुमति पाएका थिएनन्। विजेताको नाम भने अक्टोबर १ मा घोषणा हुनेछ।