नेपालमा आज २ हजार भन्दा बढी कोरोना संक्रमित भेटिए !

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज २ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २ हजार २० जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५६ हजार नाघेको छ । आजसम्म ५६ हजार ७ ६१ हजार ५९३ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबारको पुष्टि अहिले सम्मकै उच्च हो। यस भन्दा अगाडी बुधबार अहिले सम्मकै बढी १ हजार ५ सय ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो।

पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोनाबाट मुक्त भएका छन्। जससँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ।

यस दिन ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको छ।

उपत्यकामा ८ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं उपत्यकामा मंगलबार थप ८ सय ५९ जनामा संक्रमण देखिएको छ ।

उपत्यकाको काठमाडौं जिल्लामा ६ सय ९८ जना, ललितपुर जिल्लामा ६९ जना र भक्तपुर जिल्लामा ८२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति ?

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७१०:५५

‘वर्षौँ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ’ – परराष्ट्रमन्त्री