संविधान दिवस बहिष्कार गर्ने जसपाको निर्णय !

काठमाडौँ – जनता समाजवादी पार्टीले संविधान दिवस बहिष्कार गर्ने भएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै जसपाले संविधान दिवस बहिष्कार गर्दै विरोध गर्ने घोषणा गरेको हो।

संविधान अपुरो र अपूर्ण रहेको तथा विभेदकारी प्रावधानसमेत राखिएकोले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बताएका छन्।

संविधानमा संघीयता समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचान, समानुपातिक समावेशीकरणलगायतका प्रावधान अधुरो र अपूर्ण रहेकाले संविधान दिवस बहिष्कार निर्णय गरिएको अध्यक्षद्वयको भनाई छ।

“संविधान दिवसमा भाग नलिने, विरोध गर्ने र संविधानमा रहेका विभेदकारी र त्रुटिपूर्ण प्रावधानहरू परिवर्तनका लागि असोज ३ गते विभिन्न प्रकारका विरोध कार्यक्रम आयोजना गरी संविधान संशोधनद्वारा यसलाई सच्याउन देशका प्रमुख स्थानमा शान्तिपूर्ण विरोध आयोजना गर्न आमजनसमुदाय र पार्टी संगठनलाई आह्वान गरिन्छ,” जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : शुक्रबार, असोज ०२, २०७७११:५९

अब काठमाडौँ आउन पास नचाहिने !